संसद्मा राजीनामा दिँदै ओलीले भने, ‘सरकारको जय–पराजय ठूलो कुरा होइन’

ENGLISH

संसद्मा राजीनामा दिँदै ओलीले भने, ‘सरकारको जय–पराजय ठूलो कुरा होइन’

25 July, 2016 | Bhawana Pathak | 730 Views | comments

संसदीय प्रणालीमा विश्वास नगर्नेहरूले पनि लोकतान्त्रिक पद्धतिको अभ्यास गर्नुभएको छ र संविधानप्रति असहमति राखेर लामो समयसम्म विरोधका कार्यक्रममा संलग्न रहनुभएका मित्रहरू पनि संविधानकै प्रावधानअन्तर्गत यस प्रक्रियामा सहभागी हुनुभएको छ ।

kp-oli

सरकारको जय या पराजय ठूलो कुरा होइन, संविधान र लोकतन्त्रले सफलता हासिल गर्नु महत्वपूर्ण विषय हो । भिन्न प्रयोजनका लागि भए पनि संविधानको सर्वस्वीकार्यतालाई यसरी पुष्टि गरिदिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

एउटा भनाइ छ– कपडा काट्नुभन्दा पहिले दशचोटि नाप, ताकि कैँची चलाइसकेपछि पछुतो नहोस् । सात दशक लामो बलिदानी संघर्ष र दुई–दुईवटा संविधानसभाको अभ्यासबाट हामीले नेपालको संविधान निर्माण गरेका छौँ । संविधानको बिरुवा कलिलै छ । मुलुकलाई सधैँभरि अस्थिरताको भुमरीमा फसाइरहने र धमिलिएको पानीमा माछा मार्न खोज्ने पक्षहरू सलबलाइरहेकै छन् ।

ओलीको चेतावनी आजको अभिमन्यू कलिलो छैन

आज मैले धेरै भन्नुपर्दैन । चक्रव्यूह शब्दको धेरै प्रयोग गरँ । महाभारतको युद्धमा खास परिस्थितिमा यसको चर्चा छ । युद्धमा अर्जुनका छोरा अभिमन्यूलाई धेरै बहादुर भन्नेहरूले एक्लो पारेर आक्रमण गरेका थिए, ठीक आज त्यस्तै प्रयास देखिन्छ । तर, त्यो द्वापर युगमा भएको थियो । तर, आज न द्वापर युग छ, न अभिमन्यू आज त्यति कलिलै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK