संविधान संशोधनको कुनै औचित्य छैन : खनाल

ENGLISH

POLITICS

संविधान संशोधनको कुनै औचित्य छैन : खनाल

24 December, 2016 | Sandeep Bhattarai | 1115 Views | comments

झलनाथ खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताउनुभएको छ ।

सिरहाको लहानमा शुक्रबार आयोजित नेकपा (एमाले)को २ नं प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले साझा सहमतिका आधारमा बनेको संविधानलाई कार्यान्वयन गरेर देश अगाडि बढाउनुपर्ने बेलामा सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराउनु गलत भएको टिप्पणी गर्नुभयो । “अहिलेको संविधानले मधेसी, पहाडी, हिमाली सबै जनतालाई बराबरी अधिकार दिएकाले संशोधनको आवश्यकता छैन” उहाँले भन्नुभयो ।

सो प्रशिक्षण कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले सरकार आवश्यक नभएको संविधान संशोधन प्रस्ताव दर्ता गराएर निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाउँदै तत्काल संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

दलका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राज्य र सरकार प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताउँदै संसारमा हुँदै नभएको अभ्यास नेपालमा लागु गर्ने प्रयास गरिए एमालेले कडा प्रतिवाद गर्ने बताउनुभयो ।

संविधान संशोधन प्रस्ताव पारित हुन्छ : सभापति देउवा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK