संविधान कार्यान्वयन भएमात्र छुवाछूत प्रथाको अन्त्य हुने

ENGLISH

POLITICS

संविधान कार्यान्वयन भएमात्र छुवाछूत प्रथाको अन्त्य हुने

24 January, 2017 | Krishna Adhikari | 860 Views | comments

pndymm

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन भएमात्र छुवाछूत प्रथाको अन्त्य हुने बताउनुभएको छ ।

वादी समुदाय उत्थान विकास समितिले आयोजना गरेको ‘वादी समुदायको सन्दर्भमा राज्यले अवलम्बन गरेका नीतिगत व्यवस्था र कार्यान्वयन तथा परिमार्जनका पक्ष विषयक’ कार्यक्रममा मन्त्री पाण्डेले संविधानले दलित जातिको अधिकार प्रशस्त दिएको भन्दै यसको कार्यान्वयन आवश्यक रहको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “वादी समुदायमाथि हुने गरेको अन्याय, विवेधलाई अन्त्य गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका छ, शिक्षा भए मात्र यस्ता समस्या आपसमा समाधान हुँदै जान्छ ।”

मन्त्री पाण्डेले वादी समुदायको उत्थानका लागि वादी समुदाय र नेपाल सरकारबीच विभिन्न समयमा भएका सन्धि सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले सकारात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

उहाँले राज्यबाट पछाडि परेका विभिन्न जातजातिको उत्थानका लागि तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको थालनी गरेको स्पष्ट पार्नुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले दलित समुदायको शिक्षाका क्षेत्रमा मन्त्रालयले विभिन्न किसिमका छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो । उहाँले शिक्षा मन्त्रालयले दिएका छात्रवृत्तिले वादी समुदायको उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव शङ्कर पाठकले वादी समुदायका महिला र बालबालिकाको विकासका लागि जिल्ला महिला बालबालिका कार्यालयबाट काम भइरहेको बताउनुभयो ।

गृह मन्त्रालयका उपसचिव धनप्रसाद शर्मा पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव पुण्यविक्रम पौडेल, स्वास्थ्य मन्त्रालयका उपसचिव ज्ञानराज कोइरालालगायतले वादी समुदायको उत्थानका लागि आ–आफ्नो मन्त्रालयले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका उपाध्यक्ष रामे वादीले झन्डै ४० हजार जनसङ्ख्या रहेको वादी समुदायलाई राज्यले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK