संविधानसभा सिंगारियो बेहुली झैं (फोटो फिचर)

ENGLISH

POLITICS

संविधानसभा सिंगारियो बेहुली झैं (फोटो फिचर)

20 September, 2015 | Sandeep Bhattarai | 1810 Views | comments

‘अघिअघि रिसल्ला, कारगेड संविधानसभा परिसर प्रवेश गर्यो, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, सभासद्, सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत अधिकारी एकाएक सर्तक भए । नेपाली सेनाको विशेष टुकडीले राष्ट्रिय धुन बजायो र सलामी अर्पण गर्यो । सभाध्यक्ष नेम्बाङलगायतले उनको स्वागत गरे ।’

b

यो कुनै यथार्थ घटना भने थिएन, ‘नेपालको संविधान, २०७२’ जारी गर्ने ऐतिहासिक समारोहमा राष्ट्रपति डा रामवरण यादवको सवारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गरिएको पूर्वाभ्यास थियो ।राष्ट्रपतिको उपस्थिति पनि भएको थिएन, एक जना नेपाली सेनाका अधिकृतलाई राष्ट्रपतिको सवारी तयारी कसरी गर्ने विषयको पूर्व अभ्यासमा सहभागी गराइएको थियो त्यो । सभाध्यक्ष, संविधानसभाका महासचिव, कर्मचारी, सभासद् भने उही नै थिए तर राष्ट्रपति भने थिएनन् ।

संविधानसभाले पारित गरेको र सभाध्यक्ष नेम्बाङले प्रमाणित गर्नुभएको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरिदैंछ । सो समारोहमा राष्ट्रपति डा यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नेछन् ।

समारोहलाई भव्य बनाउन सचिवालयले संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ ।नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई बेहुली जस्तै चिटिक्क बनाइएको छ । सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ ।

b1

संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको सभाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो । विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ । पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ ।

यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा व्यवसायीलाई निमन्त्रणा गरिएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई पनि सहभागिताका निमन्त्रणा पठाइसकिएको छ । प्रवक्ता गौतमका अनुसार दुई हजार ५०० भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।

b2

मुलुकै पहिलोपटक जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको घोषणा सभालाई बढीभन्दा बढी भव्य र सभ्य बनाउन सबै प्रकारको तयारी गरिएको उनले जानकारी दिए ।

b3

b4

b5

b6

अन्नपुर्ण पोष्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK