संवाद र सहकार्यको विकल्प नखोजौंँ, बोलीअनुसार व्यवहार गरौँ – नेता पौडेल

ENGLISH

POLITICS

संवाद र सहकार्यको विकल्प नखोजौंँ, बोलीअनुसार व्यवहार गरौँ – नेता पौडेल

24 July, 2016 | Bhawana Pathak | 1700 Views | comments

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सदनमा अविश्वासको प्रस्तावमा छलफल टुङ्गिएर चाँडै अर्काे सरकार गठन भए पनि कसैले संवाद र सहकार्यको विकल्प खोज्न नहुने बताउनुभएको छ ।

Ramchandra-Poudel-11.jpg-3

व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वासको छलफलमा भाग लिँदै उहाँले वर्तमान सरकारका बारेमा अब बोलिरहन जरुरी नभएको बताउँदै संवाद र सहकार्यको विकल्प खोज्न नहुने तथा भनाइ र गराइ एउटै हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको भू–राजनीतिक अवस्थालाई अतिरञ्जित गर्न नहुने भन्दै अबको प्रधानमन्त्री चयन पनि संसदीय प्रणालीअनुरुप हुने बताउनुभयो । सत्तामा रहँदाको देशभक्ति र सत्ताबाट बाहिरिएपछिको देशभक्ति पृथक हुन हुनुहुँदैन भन्ने उहाँको कथन थियो ।

उहाँले राष्ट्रपतिको सम्मानित पदलाई अवमूल्यन गर्न हुन नहुने भन्दै गणतन्त्रको गौरव राष्ट्रपति भएकाले उहाँका बारेमा अभिव्यक्ति दिन पनि आवश्यक नभएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयमा सबै दल लाग्नुपर्ने र त्यसमा प्रधानमन्त्री ओलीको सकारात्मक सहयोगको अपेक्षा राष्ट्रले गरेको बताउनुभयो ।

भारत, नेपाल र चीनमा सँगसँगै आएको राजनीतिक परिवर्तनले भारत र चीनले हासिल गरेको प्रगतिबाट अब नेपालीले पनि सिक्नुपर्नेमा जोड दिँदै आमनरसंहार जस्ता अतिशयोक्तिपूर्ण अभिव्यक्ति नदिन सांसदलाई आग्रह गर्नुभयो ।

सांसद धनीराम शर्माले मधेसमा जनता बाढीका कारण आहतमा परेका छन्, त्यो विषयमा चर्चा हुनुपर्ने कार्यसूची सदनमा हुनुपर्ने थियो तर सरकारको गैरजिम्मेवारीपनका कारण बाध्य भएर अविश्वास प्रस्ताव दर्ता गराइएको बताउनुभयो ।

काँग्रेसका महेश आचार्यले प्रधानमन्त्रीले राजीनामा दिएर सरकार परिवर्तन र गठनलाई सहज तुल्याउनुपर्ने सुझाव दिँदै संविधानको धारा २९८ अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्राध्यक्षको भूमिकालाई सन्देहका घेरामा ल्याउन नहुनेमा जोड दिँदै संवैधानिक व्यवस्थानुसार राष्ट्रपतिले कार्यसम्पादन गर्ने वास्तविकतालाई बेवास्ता गर्दै सम्मानित संस्थालाई किमार्थ विवादमा ल्याउन हुँदैन भन्नुभयो ।

नेकपा(एमाले)का राजेन्द्रप्रसाद पाण्डेले एकार्कालाई होच्याउने र सिध्याउने हिसाबले अभिव्यक्ति दिन नहुने भन्दै देश र जनताको भविष्यप्रति सजग हुन आग्रह गर्नुभयो । उहाँले एमालेमा सत्तालिप्सा नरहेको स्पष्ट गर्दै रचनात्मक भूमिकाका साथ आफ्नो दल प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो ।

काँग्रेसका डा प्रकाशशरण महतले ओली नेतृत्वको सरकार कुशासनको नमुना बन्नेतर्फ उन्मुख भएको तथा भुइँचालो पीडितका समस्याप्रति उदासीन भएको आरोप लगाउँदै त्यस्तो सरकारलाई सत्तामा टिकाइराख्नु सान्दर्भिक नहुने बताउनुभयो ।

संसदीय परम्परा, लोकतान्त्रिक पद्धतिप्रति बेवास्ता नगर्न उहाँले प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।
एमालेका सुशीला नेपालले देश र जनताको हितमा काम गरेको वर्तमान सरकारका विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत हुनु मुलुकका निम्ति दुर्भाग्य भएको बताउनुभयो । सोही दलका गोकर्ण विष्टले अविश्वास प्रस्तावमा छलफल गर्दा सरकारको मानमर्दन गर्ने, अशिष्ट एवम् अमर्यादित ढङ्गले अभिव्यक्ति दिँदा त्यसले भविष्यमा द्वन्द्व निम्त्याउने खतरा बढेको बताउँदै एमाले गणतन्त्र, लोकतन्त्र र सङ्घीयताका पक्षमा सदैव रहेको र रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयन, तीव्रगतिको आर्थिक विकास, सन्तुलित परराष्ट्र सम्बन्ध निर्माणमा ओली सरकारले निर्वाह गरेको भूमिकालाई अपराध ठानेर अविश्वासको प्रस्ताव सदनमा प्रस्तुत भएकामा दुःख प्रकट गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले विविधताभित्रको एकतालाई कायम गर्नुपर्ने र निषेधको राजनीति कसैले गर्न नहुनेमा जोड दिँदै राष्ट्रिय स्वाधीनताको सुनिश्चितता र मुलुकको सार्वभौमिकताको सुदृढीकरणमा सबै राजनीतिक दलले केन्दीय महत्व दिनुपर्ने बताउनुभयो ।

अविश्वासको प्रस्तावमाथिको छलफल पुनः अपराह्न १६ः४५ बजे प्रारम्भ गर्ने गरी बैठकको कारबाही स्थगन भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK