संरक्षण र व्यवस्थापनको लोप हुँदै यार्सागुम्बा

ENGLISH

संरक्षण र व्यवस्थापनको लोप हुँदै यार्सागुम्बा

3 June, 2016 | arjun baral | 505 Views | comments

संरक्षण र व्यवस्थापनको अभावमा बुहुमूल्य जडीबुटी यार्सागुम्वा (जीवन बुटी) लोप हुँदै गएको छ । अव्यवस्थित सङ्कलन, जलवायु परिवर्तन र अबैध रुपमा निकासी गर्ने क्रम समेत बढेकाले यार्सागुम्बा लोप हुँदै गएको हो ।

जिल्ला वन कार्यालय रुकुमका रेन्जर ललितजंग खड्का पहिले भन्दा यार्सागुम्बा लोप हुँदै गएको र यसको उचित संरक्षणमा आवश्यक भएको बताउँछन्।

यार्सा सिजन व्यवस्थापन समितिका सदस्य राजधर्म पुन भन्छन् – ‘यार्सा घटेको छ तर कुन मात्रामा घटेको हो भनेर भन्न सकिंदैन । त्यसको अनुपात निकाल्न अनुसन्धान नै गर्नुपर्छ ।’

रुकुमको विकट रन्मामैकोटकी लाली झाँक्री पुपाल लेकको बुकी क्षेत्रमा यार्सा टिप्दै छन्। श्रीमान् मनराजको साथमा उहाँ यार्सा टिप्न आएका हुन्। आधा दिनमा बल्ल तल्ल तीन–चार वटा उहाँले यार्सा भेटाए । उनले भने – ‘पहिले एकैदिनमा ५०–१०० वटा सम्म च्याउ टिप्थ्यो, अहिले दिनभर खोज्दा पनि १०–१५ बुटा पाइँदैन ।’

बाग्लुङबाट आएका भीमहादुर घर्तीको अनुभवमा पनि यार्सा धेरै घटेको छ । दुई वर्ष अघि उनीसँग पुपालबाट एकैदिनमा ९५ वटा यार्सा निकालेको पहिलेको अनुभव छ । यसपालि एकदिनमा जम्मा तीन वटा मात्रै यार्सा फेला पार्न सकिएको भीमबहादुर बताउँछन् । स्थानीय जनताले जथाभावी यार्सा टिप्ने, बीउ पनि नराख्ने र फोहर गर्ने भएकाले यार्सा उत्पादनमा समस्या परेको उनको अनुभव छ ।

हिमाली क्षेत्रमा स्थानीय जनताका लागि यार्सागुम्बा जीवन धान्ने आधार हुँदै आएको छ । उनीहरुको मुख्य आम्दानीको श्रोत नै यार्सा र जडीबुटी हो । पहिले भन्दा आधा यार्सा घटेको अनुभव रन्मामैकोट गाविसका स्थानीय जनताको छ ।

यार्सा व्यवस्थापन समितिका संयोजक तथा स्थानीय अगुवा लक्ष्मी प्रसाद पुनले यार्सा घट्दै गएकाले संरक्षण र प्रवद्र्धनका लागि महोत्सव सुरु गरिएको बताए । यो वर्ष नेपालमै पहिलो पटक उच्च क्षेत्रमा पुपाल यार्सा महोत्सव गरिनु पनि यसको संरक्षण र बजारीकरणको महत्वपूर्ण आधार भएको पुन बताउँछन् ।

नेपालका २५ जिल्लामा यार्सागुम्बा पाइन्छ । नेपालसहित भारत चीन, भुटान र तिब्बतमा यार्सा पाइन्छ । नेपालको डोल्पा, रुकुम, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, कालीकोट, जाजरकोट लगायत क्षेत्रमा बढी पाइन्छ । ती मध्ये डोल्पा र रुकुमको पुपाल क्षेत्रको यार्सालाई व्यापारीहरुले मन पराउने गरेका छन् । यहाँको यार्सा बढी मूल्यमा समेत बिक्ने समितिका कोषाध्यक्ष मानबहादुर पुनले बताए ।

एक तथ्याङ्कले यार्सा जस्तै च्याउ विश्वमा ६८० प्रजातिका छन् । नेपालमा ११ प्रजातिका पाइन्छ । शक्तिबद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालका यार्सा निर्यात हुँदै आएको छ । यस्तो महत्वपूर्ण हुँदाहुँदै पनि यसको उचित संरक्षण हुन सकेको छैन । पहिले पुपाल लेकका हरेक क्षेत्रमा पाइने यार्सा अहिले निश्चित क्षेत्रमा मात्रै पाइने गरेको छ । पुपालको तल्लो बुकी क्षेत्रमा मानवीय चाप बढेको र उचित संरक्षण हुन नसकेकाले अहिले सो क्षेत्रमा यार्सा पूर्णतः नष्ट भएको छ । माथिल्लो भेगमा मात्रै यार्सा पाइने गरेको स्थानीय भरतकुमार पुन बताउँछन् । चार हजार ५०० मिटरदेखि पाँचहजार ५०० सय मिटरको उचाइमा यार्सा पाइन्छ ।

एकातर्फ यार्सा घट्दै गएको छ भने अर्काेतर्फ सङ्कलनकर्ताहरुको चाप समेत बढेको छ । स्थानीय यार्सा व्यापारी सङ्कलनकर्ताहरुको चापका कारण यार्सा कम भएको बताउँछन् । विशेष गरी रुकुमको रन्मामैकोटको पुपाल क्षेत्र अन्य यार्सा पाउने क्षेत्र भन्दा फरक छ ।

यहाँको यासाृ ठूला हुने भएकाले मूल्य पनि राम्रो आउने स्थानीय जनताको भनाइ छ । एउटा यार्साको रु ५ सय देखि एक हजार ५ सय सम्ममा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । तर उचित संरक्षण हुन नसके महत्वपूर्ण जडीबुडी लोप हुने चिन्ता छ ।

अन्य जिल्लामा आफ्नै जिल्लाका स्थानीय जनतालाई यार्सा टिप्ने अनुमति दिने गरिएको छ । तर पुपाल क्षेत्रमा जुनसुकै जिल्लाबाट आएकाहरुले समेत यार्सा सङ्कलन गर्ने अनुमति पाउँछन् । त्यसैले पनि लापरबाही भएको अनुमान सङ्कलनकर्ताहरुको छ ।

यार्साकै विषयमा अनुसन्धान गर्दै आएका वन संरक्षणकर्मी राजु क्षेत्रीले भने – ‘कुन यार्सा टिप्न हुने, कुन नहुने भन्ने जानकारी नै छैन । जानकारीको अभावमा बीउ हुने यार्सा समेत निकासी हुने गर्छ, यसैले यार्सा घट्दो छ ।’
यार्साको संरक्षणमा अहिलेसम्म कुनै नीति नै नरहेकाले यो वर्षदेखि भने वन मन्त्रालयले नियमावली बनाउने तयारी गरेको छ । रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK