संजय दत्तकोजेल अनुभव-गधाले नखाने खाना खानु पर्यो

ENGLISH

ENTERTAINMENT

संजय दत्तकोजेल अनुभव-गधाले नखाने खाना खानु पर्यो

19 March, 2016 | arjun baral | 495 Views | comments

बलिउड अभिनेता सञ्जय दत्तले आफूलाई जेलमा गधाले पनि खान नसक्ने खाना दिने गरेको खुलासा गरेका छन् । शुक्रवार उनले एक एक मिडिया अन्तरक्रियामा भाग लिँदै आफ्नो जेल जीवनका केही कुरा बाहिर ल्याएका हुन् । यस क्रममा उनले आफ्नो जेल र निजी जीवनसँग जोडिएका केही आश्चर्यमा पार्ने कुरा सार्वजनिक गरेका हुन् । सञ्जय दत्त २५ फेब्रुअरीमा पुणेको यरवदा जेलबाट रिहा भएका थिए । १९९३ को मुम्बई बम धमाकापछि अवैध हतियार घरमा राखेको अभियोगमा उनी सजाय काटेर रिहा भएका थिए ।

vbk-09-sanjay_dutt_1749528f

‘सुरक्षाको कारण भन्दै मलाई एक्लै राखिएको थियो । जेलमा प्रत्येक दिन बिहान ६ बजे उठ्थेँ र परिवारलाई सम्झिँदै रुन्थेँ ।’उनले बिहान उठेर नहुाउने तथा अन्य नित्यकर्म सकेपछि शिव पुराण, गणेश पुराण, महाभारत, भगवद्गीता र रामायणको पाठ गर्ने गरेको बताए । यानी उनी जेलमा पुरै पण्डित भएका थिए ।

‘एक सालसम्मा मैले चनाको दाल खाएँ। उहाँ मलाई खानामा एक सब्जी दैनिक मिल्थ्यो । जसको नाम मैले पहिलो पटक सुनेको थिएँ । यसलाई तपाईंले बाख्रा, गोरु या गधालाई पनि दिँदा पनि खान सक्दैनथिए।’उनले आफूलाई दिने खानामा किरा र कमिला समेत हुने गरेको सुनाए । त्यसालई आफूले प्रोटिनका लागि भन्दै खान बाध्य भएको बताए । ‘स्वस्थ रहनका लागि दैनिक २ घन्टा दौडन्थेँ । पेट घटनाउने शारीरिक अभ्यास पनि गरिनै रहेँ’, उनले भनेका छन् ।

उनी जेल जाँदा सय किलोका थिए भने निस्कँदा ४० किलोट घटेर ६० किलोका भएका थिए । ‘मलाई उपचार गरिएको कुरा पनि गलत हो’, उनले भनेका छन्, ‘मलाई अन्य कैदीहरुको तुलनामा धेरै नराम्रो ब्यबहार गरिन्थ्यो । यस्तो लाग्थ्यो कि मलाई अंग्रेजहरुले जेलमा हालेका छन् ।’उनले आफूलाई अन्डरवर्ल्डन डनहरुसँग कुरा गर्नका लागि आफू बलिउडमा आउनुअघि पनि दबाब दिने गरेको पनि रहस्य खोलेका छन् ।

‘मलाई अन्डरवर्ल्ड डनहरुसँग सम्पर्क गरि कुरा गर्न दबाब दिइन्थ्यो’, उनले भनेका छन्, ‘कोही पनि चहाँदैनथिए कि म आफ्नै बलबुतामा केही बनौं, केही गरौं। म माथि यो पनि दबाब छँदैथियो ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK