संचार मन्त्रीले कडा कदम चाल्नु पर्छ : महावीर पुन

ENGLISH

संचार मन्त्रीले कडा कदम चाल्नु पर्छ : महावीर पुन

“ग्रामीण दुर संचार बिकास कोष परिचालन संयन्त्र” खारेज हुनु पर्दछ

26 June, 2016 | Sandeep Bhattarai | 2490 Views | comments

नेपाल दुरसंचार प्रधिकरणमा ग्रामीण दुर संचार बिकास कोष भन्ने एउटा कोष छ र सो कोषमा हाल सम्म १२ अर्ब रुपैयाँ भन्दा बढी पैसा जम्मा भएको छ । सो पैसा बैंकमा बसी रहेको छ ।

SCMP 09APR14 FE NEPAL1 JONW3904.JPG

जुन उद्देश्यको लागी सो कोष खडा भएको हो त्यो काम पटक्कै भएको छैन । सो कोषलाई प्रयोग गरेर ग्रामीण क्षेत्रमा दुरसंचार र द्रुत गतिको इन्टरनेट सेवा पुर्याउन पहल गर्ने काम संचार मन्त्रीको हो । तर सन् २००६ देखि अहिले सम्मका कुनै पनि संचार मन्त्रीले सो कोषको परिचालन गर्न गहन र ठोस कदम चाल्ने आँट गरेका छैनन् । एकाध र हालको संचार मन्त्रीले केहि गर्न खोजे ता पनि तिनीहरुलाई नेपालको कर्मचारी तन्त्रले बिभिन्न नियम कानुन देखाएर अड्काई हाल्छन र अगाढी बढ्न दिंदैनन । मन्त्री पनि चुप लागेर बस्छन ।

यहि सन्दर्भमा ग्रामीण दुरसंचार बिकास कोष को परिचालन हुन नसक्नुको प्रमुख दुई ओटा कारणहरु बताउन चाहान्छु :

पहिलो कारण नेपाल दुर संचार प्राधिकरणको बोर्डमा बसेका सदस्यहरुले ग्रामीण दुर संचार कोषको सदुपयोगको लागी पटक्कै ध्यान नदिएकोले नै सो कोषको परिचालन नभएको हो । बोर्डका सदस्यहरुमा दुरसंचार क्षेत्रको आवश्यक ज्ञान हुनु पर्दछ र संचार क्षेत्रमा द्रुत गतिमा भएको बिकासको पनि ज्ञान हुनु पर्दछ । बोर्डमा बसेका सदस्यहरुले पद ओगटेर मात्र बस्ने होइन, काम पनि गर्नु पर्दछ । ईमान्दारीका साथ भन्ने हो भने अहिले सम्मका प्राधिकरणको बोर्डले ग्रामीण दुरसंचार बिकास कोष को परिचालनको काम गरे कै छैन । त्यसैले दुरसंचार प्राधिकरणको बोर्ड सदस्यहरुलाई झक्झक्याउन अति आवश्यक छ । सो काम संचारमन्त्रीको हो ।

त्यसो गर्दा पनि दुर संचार प्राधिकरणको बोर्ड सदस्यहरुले काम नगरेको अवस्थामा संचार मन्त्रीले दफा २० अनुसार दुर संचारको बिकास तथा बिस्तार किन भएन भनेर प्राधिकरणको बोर्ड संग स्पष्टिकरण माग्न सक्छ । यदि बोर्डबाट चित्त बुझ्दो स्पष्टिकरण नआएमा संचार मन्त्रीले क्याबिनेटको मिटिंगमा लगेर नेपाल दुरसंचार प्राधिकरणको बोर्डको सदस्यहरुलाई हटाउन सक्छ । तर यो काम गर्ने आँट कुनै पनि संचारमन्त्री अहिले सम्म गर्न सकेका छैनन् । अहिलेको अवस्थामा म संचार मन्त्री भएको भए मैले यहि नै गर्ने थिएँ ।

दोश्रो मुख्य कारण र बाधक ग्रामीण दुरसंचार बिकास कोषको परिचालन गर्नको लागी त्यहाँ खडा गरिएको “ग्रामीण दुर संचार बिकास कोष परिचालन संयन्त्र” हो । सो संयन्त्रको निर्माण संचार नीति २०६९ (संशोधन) द्वारा गरिएको हो । त्यो संयन्त्रले कोषमा भएको पैसा कहाँ र कसरी खर्च गर्ने भनेर निर्णय गरि दुरसंचार प्राधिकरणको बोर्डलाई सिफारिस गर्दछ । त्यो संयन्त्रमा अर्थ मन्त्रालय, संचार मन्त्रालय, राष्ट्रिय योजना आयोग र दुरसंचार प्राधिकरणको गरेर ५ जना सदस्यहरु हुन्छन ।

अत्यन्त दुखको कुरा के छ भने त्यो संयन्त्रको बैठक कहिल्यै पनि बस्दैन । मैले सो संयन्त्रको बैठक बसाउनको लागि १८ महिना सम्म प्रयास गर्दा बल्ल बल्ल एक पटक मात्र बैठक बसेको थियो, तर त्यो बैठक पनि कुनै ठोस निर्णय बिना नै टुंगिएको थियो । बिगतको ६ महिना देखि सो संयन्त्रको बैठक बस्नको लागी संयन्त्रका सदस्यहरुलाई उनीहरुको अफिसमा नै गएर हार्दिक अनुरोध गरि रहेको छु तर अनेक कारण देखाएर अहिले सम्म बैठक बस्न सकेको छैन । मेरो मुख्य प्रस्ताब ग्रामीण दुरसंचार बिकास कोषको पैसाले भूकम्प पिडित १४ ओटा जिल्लामा सुचना तथा प्रविधिको विकास गरौं भन्ने नै हो ।

त्यसैले बर्तमान समयमा नभई नहुने अति महत्वको बिषयमा कदम चाल्नको लागी पनि बैठक बस्न नसक्ने अथवा बैठक बस्न अल्छी गर्ने सदस्यहरु भएको सो “ग्रामीण दुर संचार बिकास कोष परिचालन संयन्त्र” लाई तुरुन्त खारेज गरिनु पर्दछ अथवा त्यो संयन्त्रको सदस्यहरुलाई कारबाही गरिनु पर्दछ । उत्तम उपाय भनेको सो संयन्त्रलाई नै खारेज गर्नु हो । त्यसैले संचारमन्त्रीले अहिलेको अवस्थामा गर्ने भनेको कामहरु यस प्रकार छन् –

“ग्रामीण दुर संचार बिकास कोष परिचालन संयन्त्र” लाई खारेज गर्ने र नेपाल दुरसंचार प्राधिकरणका बोर्ड सदस्यहरुलाई ग्रामीण क्षेत्रमा दुर संचार बिकास कोषको परिचालन गरि किन ग्रामीण क्षेत्रमा सुचना प्रविधिहरुको बिकास र बिस्तार भएन भनेर स्पष्टिकरण माग गर्ने र बोर्डले चित्त बुझ्दो जवाफ नदिएमा त्यसलाई खारेज गर्ने । यो काममा ढिलाई नहोस भन्ने अनुरोध छ । यदि सरकारबाट यो काम गर्न ढिलाई गरेमा आम जनताहरुलाई उचालेर आन्दोलन गर्न पनि पछि हटीने छैन ।

महाबीर पुनको फेसबुकबाट

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK