संचारकर्मी मैनालीलाई नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को उपाधि 

ENGLISH

NRN GLOBAL

संचारकर्मी मैनालीलाई नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को उपाधि 

विजय थापा, वाशिंगटन डिसी

23 October, 2017 | Sandeep Bhattarai | 1685 Views | comments

नेपाली वुमेन अफ अफ दि ईयर

नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ मा संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली बिजयी घोषित भएकी छिन् l

अमेरिकाको पेनसेलभेनिया बसोबास गर्दै आएकी र हाल डिसी क्षेत्र बाट संचालित विद्युतीय पत्रिका ईनेप्लिज कि सहयोगी हात रहेकी मैनालीलाई गत अक्टोबर २१ तारिख डीसी महानगर क्षेत्रको भर्जिनियाको फल्स चर्चमा उक्त घोषणा गरिएको हो l

उनलाई वुमेन इन कन्सर्ट युएस टुर २०१७ को बिजयी घोषणा कलाकार आस्था राउत तथा अभाया सुब्बाको सांगीतिक प्रस्तुति कार्यक्रम हुनु अगाडी घोषणा गरिएको थियो l उनले बिजयी घोषित भए पछि मेरो कसैसंग प्रतिस्पर्धा छैन भन्दै आफ्नो आमाले सानोमा तिमि कहिले प्रतिस्पर्धी नबन्नु है भनेको स्मरण गराइन l छोटो मन्तब्य राख्दै आफ्नो स्व पिता कलाकार गोपाल राज मैनालीलाई सम्झदै आफू माथि थप जिम्मेबार बढेको बताइन l

डीसी महानगर क्षेत्रमा स्थापित नेपाल तथा अमेरिकामा रहेका नेपाली मूलका कलाकारहरुलाई अमेरिकामा अवसर तथा मंच प्रदान गर्दै आएको भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्टले संस्थाले पहिलो पटक आयोजना गरेको उक्त घोषणामा मैनालीले सर्बाधिक सामाजिक संजाल विद्युतीय मत तथा निर्णायकहरुको मत प्राप्त गरे पछि उनी बिजयी घोषित भएकी हुन् l

उक्त मनोनयनमा नेपालमा समेत सामाजिक सेवामा काम गरेको तथा हाल अमेरिकामा रही नेपाली समुदायमा उल्लेखनीय योगदान गर्ने महिलाहरु मध्ये बाट छनौट गरि एक जना लाई नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को पुरस्कार द्वारा सम्मानित गरिएको हो l

उक्त प्रतिस्पर्धामा मनोनयन हुने महिलाहरुमा सच्ची मैनाली ,मौसमी मल्ल ,शान्ति श्रेष्ठ ,बिना खड्का लामा ,रुकमणि कार्की ,सुमना दवाडी ,प्रसिदा खनाल तथा उर्मिला पन्थी रहेका थिए l उक्त घोषणामा ,मौसमी मल्ल तथा सुमना दवाडी गरि २ जना महिलाहरुलाई उप बिजेता समेत घोषणा गरिएको थियो l उक्त घोषणा बाना कि अध्यक्ष अनु श्रेष्ठ ओन्ताले गरेकी थिइन् l

नेपाली वुमेन अफ अफ दि ईयर

नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को लागि विद्युतीय मतदान गत अक्टोबर २१ तारिख दिउँसो १ बजे सम्म चलेको थियो l नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को कार्यक्रम संचालन श्रीजना उप्रेतीले गरेकी थिइन् भने अमेरिका नेपाल सोसाइटी कि नव निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजाले पनि सहभागी हुने महिलालाई बधाई दिएकी थिइन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK