संघीयताले देश नटुक्राउने : प्रा. डा. डेभिड गेल्नर

ENGLISH

संघीयताले देश नटुक्राउने : प्रा. डा. डेभिड गेल्नर

2 June, 2016 | Krishna Adhikari | 1290 Views | comments

london

इन्टर्न्याशनल सोलिड्यारिटी फर नेपाल (इन्सोन) युके शाखाद्वारा सोमबार लण्डनमा आयोजित एक कार्यशाला गोष्ठीमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा.डेभिड गेल्नरले नेपालमा धेरैले आशंका गरेजस्तो संघीयताले देश नटुक्राउने बताएका छन् ।

गेल्नरले प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्ममा संघीयताबारे स्पष्ट धारणको अभाव रहेको उल्लेख गरे । अधिकांश मानिसहरु जातीय संघीयता र पहिचान सहितको संघीयताका बारेमा अलमलमा परेको उनले बताए ।

झण्डै दुई दशकदेखि स्थानीयनिकाय चुनाव नगराउनु मानव अधिकारको दृष्टिकोणले ठूलो अन्याय भन्दै उनले संघीयतामा जाने नाममा स्थानीय निकायको चुनाव रोक्नु ठीक नभएको बताए ।

‘संघीयता र नेपालमा आदिवासी प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अक्सफोर्ड विश्वविद्यालयसंग आबद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले सन् १९९० पछि नेपालमा आदिवासी, जनजातिहरुको हकको विषय खुलेर चर्चा हुनलागेको बताए । उनले अन्तर्रा्ष्ट्रिय श्रम संगठनको धारा १६९ ल्याटिन अमेरिकी देशहरुमा औपनिवेशिक मुलुकहरुले स्थानीय वासिन्दाहरुलाई गरेको शोषणको पृष्ठभूमिमा आएको तर नेपालको सन्दर्भ त्यो भन्दा बेग्लै रहेको पनि बताए ।

‘संघीयतामा स्वास्थ्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रा पद्म सिंखडाले ५० वर्ष अघिको तुलनामा अहिले नेपालमा देशभरि नै स्वास्थ्य सन्जाल फैलिएको बताए । डा गोविन्द केसीको अभियानको चर्चा गर्दै डा सिंखडाले चालिस, पचास लाख तिरेर एमबिबिएस गरेका डाक्टरको ध्यान आफ्नो लगानी कसरी उठाउने भन्नेतर्फ हुने गरेको बताए । तर संघीयतामा गैसकेपछि स्वास्थ्य सेवालाई कसरी सर्वसुलभ र गुणस्तरीय बनाउने भन्ने प्रमुख चुनौती रहेको पनि उनले बताए ।

यो पनि पढ्नुहोस् – राहदानीमा नाम नमिलदा कोरिया जेलमा नेपाली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK