संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

ENGLISH

NRN GLOBAL

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

15 December, 2017 | Sandeep Bhattarai | 1350 Views | comments

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा हालै हङकङमा सम्मानित भएका छन् ।

हङकङ बस्दै आएका नेपाली महिलाहरूको संगठन ‘चाँगे धर्ती आमा कोष’ ले गरेको सुमधुर सांगीतिक सौगात–२०१७ को क्रममा बाँस्कोटा सम्मानित भएका हुन् । विपन्नहरूको उपचार कोष निर्माणको सहयोगार्थ आयोजित सांगीतिक सौगातको प्रमुख अतिथिको रूपमा हङकङ निम्त्याइएको बाँस्कोटाले कार्यक्रममा आधा दर्जन आफ्ना गीतहरूसमेत प्रस्तुत गरे ।

‘हङकङमा बस्दै आएका नेपालीहरू आफ्नो सांस्कृतिकपन जोगाउन निकै क्रियाशील रहेको पाएँ,’ हालै नेपाल फर्केका बाँस्कोटाले भने, ‘उनै नेपालीको तर्फबाट सम्मान पाउँदा खुसी छु ।’

सांगीतिक सौगातको आकर्षणको रूपमा भने अभिनेत्री केकी अधिकारीदेखि गायकाद्वय केन्जलमेहर श्रेष्ठ, प्रकृति थलाङ र हास्यकलाकार शेरबहादुर गुरुङको पनि सहभागिता रहेको थियो । केकीले फिल्मको गीतमा नृत्य गरेकी थिइन् भने शेरबहादुरले हास्य प्रस्तुति दिएका थिए ।

कान्तिपुरबाट

हङकङ सरकारद्वारा म्याग्दीकी राधिका गुरूङ सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK