संगीतकार अम्बर गुरुङको श्वासप्रश्वासमा समस्या ..अवस्था गम्भीर

ENGLISH

ENTERTAINMENT

संगीतकार अम्बर गुरुङको श्वासप्रश्वासमा समस्या ..अवस्था गम्भीर

3 June, 2016 | arjun baral | 465 Views | comments

गलबार राति काठमाडौंको ग्रान्डी अस्पताल भर्ना गरिएका गुरुङको श्वासप्रश्वासमा समस्या आएपछि अहिले भेन्टिलेटरमा राखिएको जानकारीमा आएको छ ।

amar gurung

आन्द्रामा राखिएको स्टेन्ट फुस्किएपछि मंगलबारदेखि उनको स्वास्थ्यमा समस्या बल्झिएको थियो। चिकित्सकहरुका अनुसार गुरुङको खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको छ। भारतको हरियाणास्थित मेदान्त अस्पतालमा रहँदा रेडियो र किमोबाट त्यसलाई कम गराउने काम गरिएको थियो।

ट्युमरका कारण आन्द्रा साँघुरिएर खाना नजाने समस्या भएपछि चिकित्सकले आन्द्रामा स्टेन्ट राखेका थिए। आन्द्रामा हालिएको त्यही स्टेन्ट फुस्किएपछि गुरुङलाई ग्रान्डी अस्पताल भर्ना गरिएको हो।

माघदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका गुरुङ चैत १७ गते नेपाल फर्किएका थिए। घरमै आराम गरिरहेको अवस्थामा सोमबार राति उनले वान्तासमेत गरेको परिवारजनले स्रोतलाई बताएका छन्।

शुभेच्छुकहरुको दबाबपछि सरकारले फागुन १८ गते गुरुङको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। सरकारबाट मासिक ३० हजार भत्ता पाउँदै आएका गुरुङ बूढानिलकण्ठमा रहेको भाडाको घरमा बसिरहेका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK