श्रीमानकै अगाडि अभिनेत्री झरना थापालाई रगतले लेखेको चिठी आएपछि…

ENGLISH

ENTERTAINMENT

श्रीमानकै अगाडि अभिनेत्री झरना थापालाई रगतले लेखेको चिठी आएपछि…

27 July, 2017 | Sandeep Bhattarai | 665 Views | comments

झरना थापा

झरना थापा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् । २० वर्षअघि फिल्मी दुनियाँमा प्रवेश गरेपछि उनले पछि फर्किएर हेर्नुपरेको छैन । बरु उनको यात्रा सफलताको शिखरतर्फ प्रवेश गरिरहेको छ ।

लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । उनी निर्देशकसमेत भएकी छिन् । उनको निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गते अल नेपाल रिलिज हुँदै छ । वर्षौदेखि चलचित्र क्षेत्रमा काम गरी दर्शकको मन जित्न सफल झरनाले लाखौँ फ्यान कमाएकी छिन् । गज्जबका रामजी ज्ञवालीसँग उनले केही फ्यानहरुलाई यसरी सम्झिइन् :

क्रेजी भएर शाशाले हात काटेर फोटो पठायो
पाँच वर्षअघिको कुरा हो । काठमाडौंमा बस्ने एउटा भाइ हुनुहुन्थ्यो । उहाँको नाम शाशा हो । उहाँले कहाँबाट मेरो नम्बर पाउनुभएको रहेछ । एकपटक भाइबरमा म तपाईंको बिग फ्यान हुँ भन्दै म्यासेज गर्नुभयो । मैले त्यसलाई सामान्य रूपमै लिँदै आएँ ।

उहाँलाई मैले थ्यांक यू भनेँ । उहाँले म्यासेज गर्दा मैले रिप्लाई गर्थें । गुडमर्निङ, गुडनाइडभन्दा मैले पनि जवाफ फर्काएकी हुन्थे । उहाँ बिस्तारै क्रेजी हुँदै जानुभएछ । एक दिन उहाँले ‘म तपाईंका लागि जे पनि गर्न सक्छु’ भन्नुभयो । मलाई अचम्म लाग्यो । ‘होइन के गर्नुहुन्छ मेरा लागि’ भनेँ । उहाँले ‘एकैछिन है’ भन्दै भाइबरमा कल काट्नुभयो । र, हात काटेर फोटो पठाउनुभयो । त्यसपछि ‘देख्नुभयो’ भन्दै मलाई कल गर्नुभयो । मैले सम्झाएँ, बुझाएँ । उहाँले ‘म तपाईंलाई एकदमै माया गर्छु’ भनिरहनुभयो । उहाँले ‘तपाईंका लागि ज्यान पनि दिन्छु’ भन्न थालेपछि एकदमै डर लाग्यो । म बिस्तारै टाढिदै गएँ ।

छोरीलाई मोबाइल मलाई सुनको चुरा दिने सरिता
६–७ वर्षअगाडिको कुरा हो । चलचित्र ‘तकदिर’ रिलिजको समय थियो । पोखराको हलमा फिल्म लागिरहेका वेला सरिता गुरुङले मेरो फोन नम्बर माग्नुभयो । रिलिजको समयमा फ्यानहरू भड्काउन भएन भनी मैले नम्बर दिएँ । उहाँले त्यसपछि निरन्तर फोन र म्यासेज गर्नुभयो । नजिकिन हदैसम्मको प्रयास गर्नुभयो । बिस्तारै उहाँ मेरो घर काठमाडौं आउने, जाने यहीँ बस्ने गर्न थाल्नुभयो । उहाँ अहिले पनि एकदमै नजिक हुनुहुन्छ । सायद मेरो बहिनीभन्दा धेरै । हरेकपटक मेरो घरमा आउँदा टन्न सामान बोकेर ल्याउनुहुन्छ । केही समयअघि मात्रै मेरो छोरीलाई मोबाइल गिफ्ट ल्याइदिनुभयो भने मलाई सुनको चुरा । हामीले पनि उहाँलाई धेरै माया गर्छौं ।

ब्रिटिस आर्मीले मायाको कुरा गरेपछि…
एकजना लक्ष्मी गुरुङ भन्ने पुरुष हुनुहुन्छ । उहाँ ब्रिटिस आर्मी हो । युकेमा बस्नुहुन्छ । ७ वर्षअघि एक कार्यक्रमका लागि युके जाँदा भेट भयो । फोटो खिच्नुभयो । त्यसपछि फेसबुकमा साथी पनि बन्नुभयो । बिस्तारै उहाँले घर छाड्न र आफूसँग आउन दबाब दिँदै जानुभयो । मैले त्यो सोच्ने कुरै भएन । उहाँले मविना बाँच्न नसक्ने कुरा खोल्नुभयो । त्यसपछि उहाँसँग पनि म टाढिन बाध्य भएँ । कहिलेकाहीँ चाहिनेभन्दा बढी माया गर्दा स्वाभाविकै रूपमा टाढिन बाध्य हुनुपर्दोरहेछ ।

काठमाडौंमै बस्ने शाशा नाम गरेको भाइले हात काटेर फोटो पठाउनुभयो । मैले त्यस्तो नगर्न धेरै सम्झाएँ । उहाँले ‘म तपाईंलाई एकदमै माया गर्छु’ भनिरहनुभयो । पछिपछि त ‘तपाईंका लागि ज्यान पनि दिन्छु’ भन्न थालेपछि एकदमै डर लाग्यो ।

जाडोमा गेटबाहिर कुरेर बस्ने दाङको शंकर
झन्डै २ वर्षअघिको कुरा हो । दाङबाट हिँडेको एकजना भाइ बिहानै बानेश्वरमा उत्रियो । उसको नाम शंकर हो । जाडो महिना थियो । सबैसँग सोध्दै बिहान ६ बजे मेरो घरको ढोकामा आयो । सहयोगी राजकुमारले ‘झरना हुनुहुन्न’ भनेर ढाँटेछ । तर, शंकरले नपत्याएर बसिरहेको रहेछ । म सुतिरहेकी थिएँ ।

बिहान १० बजे खाना खान किचनमा जाँदा राजकुमारले ‘एउटा गाउँबाट आएको केटाले तपाईंलाई खोजिरहेको छ’ भन्ने जानकारी गरायो । मैले उसलाई वास्ता नगरी खाना खाएँ । झन्डै आधा घन्टापछि हेर्दा ऊ त्यहीँ बसिरहेको थियो । बिहानको जाडोमा ६ बजेदेखि १२ बजेसम्म कुरिरहेको देख्दा मेरो मन पनि बदलियो र उसलाई बोलाउन लगाएँ । उसले मेरो बिग फ्यान भएको बतायो । अनि केही गिफ्ट ल्याएको रहेछ । मैले खाना खाऔँ भनेँ, तर उसले बाहिर गएर खान्छु भन्यो । चिया र बिस्कुट मात्रै खायो । त्यस दिनदेखि अहिलेसम्म ऊ मसँग नजिक छ । अहिलेसम्म हरेक महिनाजस्तो मेरो घरमा आउँछ । आउँदा सधैँजसो कोसेली बोकेर ल्याउँछ । फोनमा धेरैजसो कुरा भइरहन्छ । ऊ मेरो आफ्नै भाइजस्तो लाग्छ । उसले पनि आफ्नै दिदी मान्छ ।

ठमेलमा हात समाएर डाँको छाड्दै रुने फ्यान
दिउँसो घाम लागिरहेको थियो । मास्क लगाएर म ठमेलमा हिँडिरहेकी थिएँ । दुईजना भाइले आँखा चिनेर च्याप्प हात समाते । ‘झरना दिदी होइन’ भन्दै सोधे । म केही बोलिनँ । उनीहरूले ‘तपाईं झरना दिदी हो, हामीले चिन्यौँ’ भने । मैले हाँस्दै हेल्लो भनेँ । त्यत्तिकैमा एकजना भाइ हात समातेर डाँको छाड्दै रुन थाल्नुभयो । उहाँले धेरै पहिल्यैदेखि मलाई भेट्न खोज्नुभएको र एक्कासि भेट्दा खुसीले रुनुभएको हरेछ । मैले सडकको बीचमा उहाँ रुँदा जति अप्ठ्यारो अनुभव गरे पनि त्यहाँबाट हिँड्न सकिनँ । उहाँलाई धेरैबेर सम्झाइबुझाई गरेर पठाएपछि म
आफ्नो काममा लागेँ ।

औँठी लिन बाध्य बनाउने दिदी
कुरा २ वर्षअघिको हो । गाईघाट महोत्सवमा गएकी थिएँ । स्टेजको पछाडि थिएँ म, बाहिर एकजना दिदीले मलाई भेट्न खोज्नुभएको रहेछ । म बसेको ठाउँमा आउन नदिएका रहेछन् सुरक्षाकर्मीले । मैले थाहा पाएपछि म भए ठाउँमा ल्याउन लगाएँ । उहाँले केही गिफ्टसहित आफूले लगाएको औँठी लिन बाध्य बनाउनुभयो । उहाँले दिएको औँठी अहिलेसम्म सुरक्षित राखेकी छु । उहाँले भन्नुभयो, ‘तपाईंको डान्स, अभिनय एकदमै मन पर्छ, धेरै वर्षदेखि भेट्न खोज्दा पाएकी थिइनँ, आज बल्ल पाएँ ।’

झरना थापाजस्तै हुन्छु भन्दै रुने सृष्टि
आजभन्दा ४ वर्षअघि पोखरामा एकजना बहिनीसँग भेट भएको थियो । उहाँको नाम सृष्टि शर्मा हो । मलाई भेटेपछि ती बहिनी खुसी हुँदै रुनुभयो । अनि म भविष्यमा झरना थापाजस्तै हुने हो भन्नुभयो । उहाँ धेरै रोएपछि नजिकै रहनुभएका उहाँका बुवाले धेरै कुरा खोल्नुभयो । उहाँ अहिलेसम्म पनि नजिक हुनुहुन्छ । सायद १७ वर्षकी हुनुहुन्छ होला । अभिनय र डान्स मैलेजस्तै गर्छु भन्दै देखाइरहनुहुन्छ । उहाँसँग साँच्चिकै खुबी पनि छ ।

श्रीमान्कै अगाडि रगतले लेखेको चिठी आएपछि…
म श्रीमान् (सुनीलकुमार थापा)सँग घरमै थिएँ । हुलाकबाट एउटा चिठी आयो । एक्कासि त्यो चिठी हातमा पर्‍यो । कुरा ९ वर्षअघिको हो । चिठी रगतले लेखेको थियो । त्यसले घरमा तहल्का पिट्यो । सुनीलले अप्ठ्यारो फिल गर्नुभयो । त्यो चिठीमा लेखिएको थियो, ‘म तिमीलाई एकदमै माया गर्छु, सधैँ प्रगतिको कामना गर्छु, खुसी रहनू ।’ चिठी हेटौँडाबाट सन्तोष पाण्डेले पठाउनुभएको थियो । सुनील यही क्षेत्रको भएकाले पछि उहाँले यसलाई सहज रूपमा लिनुभयो ।

फोन गरेर हैरान पार्ने फ्यानलाई जेल हालेँ
दिनरात फोन गरेर हैरान पार्ने एकजना भाइलाई हनुमानढोका प्रहरीमा बुझाउन बाध्य भएँ । २४सै घन्टा फोन गरेर हैरान पारेपछि मैले धेरैपटक ‘प्लिज अति भयो मैले प्रहरीकोमा उजुरी हाल्न नपरोस्’ भनेर सम्झाएँ । उहाँले मान्नुभएन । झगडा हुन थाल्यो । त्यसपछि अति रिस उठ्यो । त्यसपछि मैले एकदिन ‘केस गर्दै छु’ भने र हनुमानढोकामा केस पनि गरेँ ।

केही दिनभित्रै सुटिङमा पोखरा गएँ । यता त्यो भाइलाई प्रहरीले समातेको रहेछ । त्यसको केही दिनमा म हनुमानढोका गएँ । मेन्टल्ली टर्चर गर्ने त्यो भाइलाई प्रहरीकै अगाडि एक झापड दिन्छु भनेको फुच्चे पो रहेछ । भर्खर ९ कक्षामा पढ्दोरहेछ । उसको नाम अर्जुन श्रेष्ठ रहेछ । अनि एक्कासि माया लाग्यो । किन यसो गरेको बाबु भनेर सोधेँ । उसले ‘तपाईंको एकदमै माया लागेर फोन गरिरहेको’ भन्यो । उसले पछि ‘सरी’ भन्यो र मैले उसलाई त्यहाँबाट निकालेँ ।

नयाँ पत्रिकाबाट

भुवनको चक्रव्यूहबाट निस्केपछि झरनाको एक्लो दौड धुप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK