श्रीमतीको डिजाइनमा हिड्ने गर्छन मनोज गजुरेल

ENGLISH

ENTERTAINMENT

श्रीमतीको डिजाइनमा हिड्ने गर्छन मनोज गजुरेल

13 May, 2017 | Bhawana Pathak | 845 Views | comments

हास्यव्यङ्ग्य क्षेत्रका बादशाह भनेर चिनिने हास्यकलाकार मनोज गजुरेलले ४४ औँ जन्मदिन मनाएका छन । बैशाख २९ गते जन्मेका मनोजले नेपाली हाँँस्यव्यङग्य क्षेत्रमा निकै राम्रो छवि बनाएका छन् ।

राजा ज्ञानेन्द्रको शासनकालमै उनको हुबहु क्यारिकेचर गरेर निकै चर्चामा आएका मनोज गजुरेलले पहिलो पटक प्रचण्ड सार्वजनिक भएकै बेला प्रचण्डको क्यारिकेचर गरेर सबैलाई चकित पारेका थिए । उनी अन्य कलाकार भन्दा फरक व्यक्तित्वको पहिलो पटक गेटअप सहित हाउभाउ र बोलिचाली मिलाउन खप्पिस छन् । उनले गरेका क्यारिकेचरहरुमा पछिल्लो समयमा भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको भेष सबै भन्दा चर्चित गेटअप हो ।

उनले दर्जनौ ख्याती प्राप्त व्यक्तित्वहरुको क्यारिकेचर गरेर नै लाखौँ प्रशंसकहरु बनाएका छन् । मनोज हाँस्यव्यङग्य अर्थात व्यवसायिक जीवनमा जति सफल भएका छन् त्यति नै व्यक्तिगत जीवनमा पनि सफल भएका छन् । उनले जीवनमा पाएको सबैभन्दा ठूलो खुशी हो श्रीमती मीना । उनले जसलाई चाहे त्यसैलाई पाए । उनको जन्मदिनको अबसरमा हामी उनका प्रेम र वैवाहिक प्रसंगलाई कोट्याउँदैछौँ ।

ब्लफ कलबाट लव कल हुँदै विवाह
मनोजले फेशन डिजाईनर मीना ढकालसँग विवाह गरेका हुन् । २०५२ सालमा पहिलो पटक भेट भएर एक अर्काको प्रेममा केही समय रमाएपछि मनोज र मीनाले २०५३ सालको बैशाखमा लगनगाँठो कसेका थिए । पहिलो भेट र प्रेम प्रसंगका बारेमा मनोज भन्छन्, ‘मैलै उनलाई देखेपछि उनी मलाई मन पर्न थाल्यो । काठमाण्डौको पुतली सडकमा मेरो पसल थियो र उनी मेरो पसल अगाडिको अफिसमा काम गर्थिन् । अनि मैलै उनको अफिसको नम्बर पत्ता लगाएर ब्लफ कल गर्न थालेँ । झण्डै दुई महिना चल्यो यो प्रक्रिया । अनि पछि हामीले भेटघाट गर्यौँ ।

मैलै उनलाई गर्ने ब्लफ कल, ब्लफ नभयर लभ कल थियो ।’ मीना र मनोजले सामान्य तरिकाले गुहेश्वरी मन्दिरमा विवाह गरेका हुन् । खासमा मनोज गजुरेल उपाध्य बाहुन हुन् अनि मीना जैशी । यहि कारण मनाजेकी आमाले मीनालाई सजिलै स्वीकार गर्न सकिनन् र विवाहमा पनि आईनन् ।

विवाहमा मनोजका केही साथीहरु र मीनाका केही आफन्तको मात्र उपस्थिति थियो । मीनाले नै मनोजका सबै ड्रेसहरु डिजाईन गर्छिन् । उनका अनुसार मनोज फेशनमा त्यति सारो ध्यान दिन्नन् । तर मीनाले उनलाई सकेसम्म हरेक दिन राम्रो बनाउने कोशिस गर्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK