श्रमिकसंग पसिना साटासाट गर्दै एनआरएनए युएई

ENGLISH

NRN GLOBAL

श्रमिकसंग पसिना साटासाट गर्दै एनआरएनए युएई

1 June, 2016 | Sandeep Bhattarai | 815 Views | comments

सौखिन, धनि, पैसावालाको संस्था भनेर बेलामा बेलामा आरोप लगाउनेलाई पछिल्लो समय युएईको एनआरएनए ले साचिकै श्रमिकको संस्था भन्ने उदाहरण दिएको छ।

nrn uae

युएईमा रहेका श्रमिकको समस्यामा खरो रुपमा उत्रने एनआरएनए बेलाबेलामा बिबादित पनि बन्न पनि पुग्छ। फलेको रुखले झटारो सहन्छ भने झैँ आफ्नो श्रमिक को सेवामा सधै लागेको एनआरएनए युएई हाल साचिकै सबैको नजरमा बस्न सफल भएको छ।

रक्तदान, फ्री मेडिकल चेकअप, क्याप क्याम मा स्वस्था सम्बन्धि जानाकारी थुप्रै कार्यक्रमहरु गर्न सफल भईसेको संस्था पछिल्लो समयमा नेपालका हास्यब्यंग्य समूह सिस्नुपानीलाई युएईमा झिकाएर क्याम्प क्याम्प गएको चेतना मुलक कार्यक्रमले थप प्रमाणित गरेको छ।

एनआरएनए युएईको आयोजना तथा झापाली समाज यूएईको सहयोगमा सामाजिक, राजनीतिक तथा आर्थिक बेथितीलाई हाँस्यव्यंग्यको माध्यमबाट जागरण फैलाउँदै करिब १८ वर्षदेखि क्रियाशील सिस्नुपानी नेपालको युएईका विभिन्न क्यापमा भएका श्रमिकहरुलाइ निःशुल्क रुपमा स्वास्थ्य चेतना फैलाउदै विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।

क्युबिजी लेबर क्याम्प जबिल अलि दुबई ,अल घेल गेट रसअल खेमा, इम्रिल क्याम्प अल कुज़ -२, दुबई, टाश कम्पनी क्याम्प अजमान लगातका ठाउमा प्रस्तुति दिएको थियो। व्यंग्यकवि टंक आचार्यले समसामयिक प्रस्तुतिलाई सहभागी दर्शकहरुले मन पराएका थिए भने कलाकार मनोज गजुरेलको प्रस्तुतिले अधिकांश दर्शकहरु पेट मिचीमिची हाँसेका थिए । योगगुरु डा. राजु अधिकारीले स्वस्थ्य जीवनयापनका लागि उपयोगी योगका साधनाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अन्तिम दिन समापन कार्यक्रममा एनआरएनका अध्यक्ष सुदिप कार्की, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएनका सल्लाहकार सालिक सुवेदी, झापाली समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटी, एनआरएन अभियन्ता सन्तोष पौडेल लगायत यूएईका क्रियाशील संस्थाका प्रतिनिधिहरु तथा सोही कम्पनीमा कार्यरत नेपालीहरुको उपस्थिति थियो ।

आईएलओ, नेपाल सरकार श्रम विभागको प्रायोजनमा भएको उक्त कार्यक्रम सोचेभन्दा प्रभावकारी रहेको टोलीमा संलग्न व्यंग्यकवि टंक आचार्यले प्रतिक्रिया दिए । डा. राजु अधिकारीले प्रवासी नेपालीहरुमा ध्यान र योगाको प्रारम्भिक जानकारी प्रदान गर्न पाएकोमा खुसी प्रकट गरेका छन् । टोली ३१ मे मंगलबार नेपाल फर्किएको छ ।

यो पनि हेर्नुस – एनआरएनए युएईमा सुदिप कार्की

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK