शेख कमल अन्तर्राष्ट्रिय क्लब कप : मनाङ–मस्र्याङ्दी क्लब दोस्रो खेलमा पराजित

ENGLISH

SPORTS

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप : मनाङ–मस्र्याङ्दी क्लब दोस्रो खेलमा पराजित

अफगान क्लब शाहिन आस्मयी ३–१ ले बिजयी

23 February, 2017 | Sandeep Bhattarai | 790 Views | comments

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप

बंगलादेशमा जारी दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को समूह चरणको दोस्रो खेलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लब पराजित भएको छ ।

बुधबार भएको खेलमा अफगान क्लब शाहिन आस्मयीसंग मनाङ ३–१ ले स्तब्ध हुन पुग्यो । हिजोको पराजयसंगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कठिन भएको छ । सम्मुहा चरणको अन्तिम खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडलाइ पराजित गरे वा बराबरी गरेपनि नेपाल सेमिफैनालमा पुग्नेछ ।

शाहिन आस्मयी मनाङलाई सुरुआतबाट नै दबाबमा राखेको थियो । खेलको ३८ औं मिनेटमा शाहिनका लागि कप्तान अमिरुद्धिन सरिफीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १-० ले पछि परेपछि झन् दबाबमा परेको मनाङले ६५ औं मिनेटमा सरिफीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा परिवर्तित खेलाडी बिमल बस्नेतले गोल फर्काउँदै मनाङलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर पेनाल्टी बक्समा सिसकोको बल ह्यान्ड भएपछि शाहिनले पेनाल्टी पाएको थियो र उक्त पेनाल्टीलाई गोल गर्दै सरिफीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै मनाङका कप्तान अनिल गुरुंगको हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो । मनाङले पहिलो खेलमा मोहमडन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गर्दा ओलावाले ओलाडिपो अफिज र विशाल राईले गोल गरेका थिए । मनाङले समूह चरणको अन्तिम खेल शुक्रबार खेल्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एक मात्र...

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK