शेख कमल अन्तर्राष्ट्रिय क्लब कप : मनाङ–मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश

ENGLISH

SPORTS

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप : मनाङ–मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश

25 February, 2017 | Sandeep Bhattarai | 1100 Views | comments

मनाङ–मस्र्याङ्दी क्लब

बंगलादेशमा जारी दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को  सेमिफाइनलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लब  प्रवेश गरेको छ ।

मोहमडन स्पोर्टिङ क्लबले शुक्रबार सहिन अस्मायीलाई २–१ ले पराजित गरेपछि मनाङ मर्स्याङ्दी क्लब ‘हेड टु हेड’ मा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार भएको पहिलो खेलमा मनाङले २-० को अग्रता जोगाउन नसक्दा बराबरी रोकी अंक बाँडेको छ । अफिज ओलावाले तेस्रो मिनेटमा गरेको गोलमा मनाङले अग्रता लिएको थियो। विराज महर्जनको लामो पासमा कप्तान अनिल गुरुङले हेडिङ गरे। अनिलको हेड पासमा गोल लाइनमा रहेका ओलावाले हेड मार्फत गोल गरे।

२३औं मिनेटमा रोहित चन्दको पासमा ओलावाले मनाङको अग्रता दोब्बर पारे। गोलकिपर दिनेश थापामगरको कमजोरीमा चित्तागोङका नासिर उद्दिन चौधरीले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । पहिलो हाफ २-१ मा सकिएको थियो । तर खेलमा चित्तगोङ भाग्य चम्क्यो । मनाङका रक्षक देवेन्द्र तामाङले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि चित्तगोङले पेनाल्टी पाएको थियो । र, उक्त पेनाल्टीलाई अगस्टिन वाल्सनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । तर इन्ज्युरी समयमा अनिलको हेद प्रहार पोस्टमा लगेर फर्केको थियो ।

समूह ‘बी’मा ५ अंक जोडेको आयोजक चित्तगोङ विजेता बन्दै अन्तिम चारमा पुग्दा ४ अंक जोडेको मनाङले उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो। मनाङले सोमबार हुने पहिलो सेमिफाइनलमा माल्दिभ्सको टीसी स्पोर्ट्ससँग खेल्नेछ भने आयोजक चित्तागोङ अबहानी र दक्षिण कोरियाको पोइचेन सिटिजनबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।

शेख कमल अन्तर्राष्ट्रिय क्लब कप : मनाङ–मस्र्याङ्दी क्लब दोस्रो खेलमा पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK