शिवको मूर्ति बनाउन १३ क्वीन्टल धातु सङ्कलन

ENGLISH

शिवको मूर्ति बनाउन १३ क्वीन्टल धातु सङ्कलन

8 January, 2017 | Krishna Adhikari | 810 Views | comments

sivakempfort

चितवनको धार्मिक पर्यटकीयस्थल देवघाटधाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनका लागि रत्ननगरमा भएको महायज्ञमा १३ क्वीन्टल भन्दा बढी विभिन्न प्रकारका धातु सङ्कलन भएको छ ।

यही पुसको दोस्रो साता रत्ननगरमा भएको धातु सङ्कलन महायज्ञमा १३ क्वीन्टल धातु र नगद जिन्सी गरेर रु २५ लाख भन्दा बढी आर्थिक सङ्कलन भएको महायज्ञ मूलआयोजक समितिका संयोजक गीतानाथ अधिकारीले जानकारी दिनुभयो ।

अष्टधातुबाट निर्माण गर्न लागिएको शिवको प्रतिमाका लागि यसअघि दाङमा भएको पहिलो महायज्ञबाट दुई सय ५० किलो विभिन्न प्रकारका धातु सङ्कलन भएको थियो । करिब पाँच टन धातु चाहिने भएकाले अहिले महायज्ञ लगाएर धातु सङ्कलनको अभियान सुरु भएको संयोजक अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार धातु सङ्कलनका लागि देवघाट संरक्षण प्रतिष्ठानले देशका विभिन्न पाँच स्थानमा महायज्ञ गर्ने जनाएको छ । दाङपछि अहिले चितवनको रत्ननगरमा र आगामी दिनमा काठमाडौँमा महायज्ञ गरेर धातु सङ्कलन गरिने प्रतिष्ठानका सचिव मदन मिश्रको भनाइ छ ।

भगवान शिवको प्रतिमा निर्माणका लागि तामा, पित्तल, ढलोट, काँच, चरेश, चाँदी, सुनलगायत धातु सङ्कलनमा प्रतिष्ठान लागेको छ । यहाँ गएको साउनमा उक्त प्रतिमा निर्माणका लागि प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट शिलान्यास समेत भएको थियो । मूर्ति निर्माणका सबै कामसक्न रु एक करोड लाग्ने अनुमान गरिएको छ

पवित्र तीर्थस्थल देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउन यो धातुबाट निर्मित प्रतिमाले थप टेवा दिने विश्वास आयोजकको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK