शिक्षकको यातनापछि विद्यार्थी अस्पतालमा

ENGLISH

शिक्षकको यातनापछि विद्यार्थी अस्पतालमा

रासस

26 January, 2017 | Bhawana Pathak | 795 Views | comments

भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएका एक विद्यार्थीले चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना हुनु पर्यो ।

pitai

मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बा¥ह वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी बेहोस बन्न पुगेकी थिइन् । विद्यालय हाजिर नभएको बेलाको गृहकार्य नगरेको बताए पनि आफूलाई एक घन्टासम्म कुखुरा बनाएको पीडित विद्यार्थीको भनाइ छ ।

रुचालले अस्पतालको श्ययाबाट भनिन्, “कुखुरा बनेर बेन्चमा बस्न थाल्दा रिङ्गटा लागेर बेहोस भएँ ।” रुचालसँगै पेसा व्यवसाय पढाउने शिक्षकले अर्का विद्यार्थी मनिषा थापालाई समेत एक घन्टा कुखुरा बनाएर यातना दिएका थिए । उनको उपचार पाल्पामा सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने सुझाव अस्पतालले दिएको आफन्तले बताएका छन् । रुचालका काका सुमित रुचालका अनुसार शिक्षकले कुखुरा बनाएपछि मात्र पहिलोपटक बेहोस बनेको र त्योभन्दा अघि कुनै पनि समस्या देखिएको थिएन ।

रुचाल घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै पनि उजुरी परेको छैन । आफन्तलाई उजुरी नदिन विद्यालय प्रशासनबाट दबाब आएको पीडित पक्षको भनाइ छ । अखिल क्रान्तिकारीका नेता विशाल ओलीका अनुसार विद्यार्थी अस्पतालमा उपचाररत हुँदा शिक्षकले राजनीति गरेर दोषीलाई संरक्षण गरेको आरोप लगाउनुभयो ।

जिशिका पाल्पाले बिहीबार विद्यार्थी सङ्गठनका प्रमुख, विद्यालयका प्रअ र शिक्षकसहित जिल्ला शिक्षा कार्यालयमा बैठक बसेर दोषीमाथि कारबाही गर्ने जानकारी दिएको छ । जिशिका शाखा अधिकृत रेशम न्यौपानेले घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने बताउनुभयो ।

विद्यालयका प्रअ नारायण कुँवरलाई मोबाइलमा सम्पर्क गरी घटनाका बारेमा जानकारी लिन खोज्दा उहाँले प्रतिक्रिया दिन चाहनुभएन । गत वर्ष पनि दुई दलित विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK