शाहरुख खानकी हिरोईनलाई लाग्यो प्रतिबन्ध,अन्य पाकिस्तानी कलाकार भए बेरोजगार

ENGLISH

ENTERTAINMENT

शाहरुख खानकी हिरोईनलाई लाग्यो प्रतिबन्ध,अन्य पाकिस्तानी कलाकार भए बेरोजगार

23 July, 2016 | Bhawana Pathak | 1225 Views | comments

अहिले पाकिस्तानबाट बलिउडमा आएका केहि कलाकारहरु कामको खोजीमा भौतारिरहेका छन् । गएको दुई बर्षयता बलिउडमा उनीहरुले काम नपाएको खबर सार्वजनिक भएको छ । भारत र पाकिस्तान बीचको विवाद पछि यस्तो अवस्था आएको हो । पाकिस्तानले कश्मीरलाई स्वतन्त्र राज्य हुनु पर्ने माग राखेको थियो । तर भारतले कश्मीर हाम्रो हो भनेका कारण यी दुइ देशबीच विवाद भएको हो ।

pakistan-hirion

यो विवादको असर कलाकारहरुले भोगेको छन् । समस्या भोगिरहेका कलाकार मध्येका एक हुन् गायक तथा अभिनेता अली जफर । अली गएको तीन वर्षयता निर्माता निर्देशककहाँ धाईरहेका छन् । तर उनलाई कसैले पनि काम दिएका छैनन् । अली बाहेक अन्य केहि कलाकारहरुको पनि यहि हालत छ । बलिउडमा अन्य देशबाट आउनेहरुलाई उत्तिकै अवसर दिईन्छ । तर भारत र पाकिस्तानको कश्मीरी विवादका कारण पाकिस्तानी कलाकार मारमा परेको निर्देशकहरुको भनाई छ ।

शाहरुखकी अभिनेत्रीमाथि लाग्यो प्रतिबन्ध
पाकिस्तानी अभिनेत्री माहिरा खानलाई पहिलो फिल्ममै अभिनेता शाहरुख खानसाग काम गर्ने अवसर मिल्यो । उनी निक्कै खशी थिइन् । तर फिल्ममा माहिरा भएकै कारण, उक्त फिल्म बेलाबखतमा विवादमा आइरहेको छ । गुजरातमा सुटिङ भइरहेका बेला उनको निकै विरोध पनि भएको थियो । यहि बिच माहिराले शिवसेनालाई निशाना बनाएर सामाजिक सञ्जालमा केहि तस्वीरहरु सेयर गरिन् । त्यस कारण उनीमाथि अघोषीत प्रतिबन्ध लगाईएको छ ।

मवारा होकैन
फिल्म सनम तेरी कसम मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री मावरा फिल्म फ्लप हुने बित्तिकै पाकिस्तान फर्किएकी छिन् । सनम तेरी कसमसँगै उनलाई अन्य तीन फिल्मका लागि अफर आएको खबर पनि थियो । तर त्यो खबर गलत ठहरिएको छ ।

अली जफर
अली जफरले गत डेढ बर्षयता काम पाएका छैनन् । अली अभिनेताका साथै गायक पनि हुन् । तर तर, अहिले उनी बेरोजगार छन् । सन् २०१४ मा फिल्म किल दिल गरेपछि उनको एक फिल्म पनि रिलिज भएको छैन । किल दिल फ्लप भएको थियो । त्यसपछि अलिले तेरे विन लादेनमा कैमियोको रोल निभाएका थिए । त्यस्तै उनी अब छिट्टै नै आलिया स्टारर एक फिल्ममा पनि कैमीयोको रोलमा हुनेछन् । हालको लागि अलि क्यामियो रोलमै खुसी छन् ।

सारा लरेन
मर्डर ३, र बरखा जस्ता बलिउड फिल्ममा काम गरेकी साराको हातमा अहिलेको लागि एक मात्र फिल्म छ । त्यो फिल्म पनि कहिले रिलिज हुने हो पत्तो छैन ।

हुमैमा मलिक
ईमरान हासमीको फिल्म राजा नटवरलालमा काम गरेकी अभिनेत्री हुमैमाले पनि त्यस पछि काम पाएकी छैनन् । फिल्म फ्लप भयो । यसका साथै उनको अभिनयले पनि प्र्रशंसा पाएन । हाल उनको हातमा एक पनि फिल्म छैन ।

ईमरान अब्बास पाकिस्तानी टि भि एक्टर ईमरानले बलिउडमा करियर बनाउने सोच त राखे तर उनी सफल हुन सकेनन् । उनको अन्तिम फिल्म क्रिएचर थ्रिडी सन् २०१४ मा रिलिज भएको थियो । त्यसपछि २०१५ मा उनको जानिसार रिलिज भएको थियो । तर फिल्मले सोचेजस्तो सफलता पाएन । त्यसपछि उनको हातमा एक पनि फिल्म छैन ।

त्यस्तै पाकिस्तानका अन्य कलाकारहरुलाई पनि पछिल्लो समयमा बलिउडमा पाएका छैनन् । मिकाल जुल्फीकार, जेबा बख्तियार, अनिता अयुब, मिरा, बिना मलिक लगायतका कलाकार बेरोजगार छन् । तर, अन्य कलाकारको तूलनामा पाकिस्तानबाट आएका अभिनेता फवाद खानले भने एकपछि अर्को काम पाइरहेका छन् । उनको हातमा अहिले करण जोहरको एक फिल्म छ ।

उनी भने बलिउडमा आएर सफलता पाउने कलाकारको सूचिमा परिसकेका छन् । उनलाई सफल बनाउनमा करण जोहरलाई जिम्मेदार मानिन्छ । उनले अभिनेत्री सोनम कपूरको फिल्म खुबसुरतबाट बलिउडमा कदम राखेका थिए । त्यसपछि उनले अभिनय गरेको फिल्म कपूर एण्ड सन्सले सफलता पायो । फवादले अभिनय गरेको पाकिस्तानको टेलिसियल जिन्दगी गुल्जार है पनि निकै लोकप्रिय थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK