शान्ति र मानवताको मूल नारा बोकी बज्रकिल्या फिल्म प्रोडक्सनको उद्घाटन

ENGLISH

ENTERTAINMENT

शान्ति र मानवताको मूल नारा बोकी बज्रकिल्या फिल्म प्रोडक्सनको उद्घाटन

29 October, 2018 | Sandeep Bhattarai | 1950 Views | comments

बज्रकिल्या फिल्म प्रोडक्सन

नेपालको संस्कृति र धर्मको उजागर गर्दै नेपालको कला संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले बज्रकिल्या फिल्म प्रोडक्सन प्रा.लि.को औपचारिक उद्घाटन गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनिका सिइओ जम्पा फूर्वु दोर्जे लामाले प्रोडक्सनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका विशेष अतिथि तथा हलिउड चलचित्र ‘कालचक्र’का कार्यकारी निर्मातासमेत रहिसकेका जम्पा फूर्वु दोर्जे लामाले प्रोडक्सन हाउसले चलचित्र निर्माण मात्रै गर्ने नभएर यसले वृत्तचित्र लगायतका सामाग्री समेत निर्माण गर्ने जानकारी दिए। धर्मगुरु समेत रहेका लामा विश्व प्रशिद्ध पप गायक माइकल ज्याक्सन र नेल्सन मण्डेलाको परिवारसँग निकट रहेका छन् ।

लामाले प्रोडक्सन हाउसले पछिल्लो समय नेपालको संस्कृति र धर्मको उजागर गर्दै हराउँदै गएको कला संस्कृतिलाईविश्वसामु चिनाउने उद्देश्य राखेको उल्लेख गरे। लामाले समाजसेवामा आवद्ध रहि बुद्ध पीस अवार्डसमेत पाइसकेका छन् । उनले देश विदेशबाट अन्तर्राष्ट्रिय कलाकार भित्र्याएर च्यारिटी गर्ने र च्यारिटीबाट आएको पैसा शिक्षा र स्वास्थ्य क्षेत्रमा दान दिने जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रोडक्सन हाउसका संचालक तेन्जिङ भोटियाले बज्रकिल्या फिल्म प्रोडक्सन हाउसले अब केहि सातापछि धर्म गुरु लामाको जीवनीमा आधारित ‘हिमाली लामा’ नामक वृत्त चित्र पिएनपि मिडियाको सहकार्यमा निर्माण गर्ने जानकारी दिए । धर्मगुरु लामा र तेन्जिङ भोटियाले निर्माण गरेको प्रोडक्सन हाउसमा १ करोड लगानी गरिएको छ।

‘शान्ति र मानवताको लागि चलचित्र’ भन्ने मूल नाराको साथमा स्थापना भएको बज्रकिल्या फिल्म प्रोडक्सन प्रा.लि.को उद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्णलाई विश्व शान्तिको कामना गर्दै उपहारस्वरुप अगरबत्ती दिइएको थियो।

सन्ध्या फिल्मस् प्रोडक्सनद्धारा निर्मित लघु चलचित्र परदेशी जीवन-२ सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK