शरीरका भित्री अगं देखिने क्यामरा बन्यो

ENGLISH

TECH

शरीरका भित्री अगं देखिने क्यामरा बन्यो

6 September, 2017 | Kunjar Bhattarai | 2635 Views | comments

वैज्ञानिकहरुले एउटा यस्तो क्यामरा तयार गरेका छन् जसका माध्यमद्वारा मानव शरीरका सबै भित्री अंगहरु हेर्न सकिन्छ ।

डाक्टरहरुले बिरामीको शरीरको भित्री जाँच गर्नका लागि मेडिकल औजार इन्डोस्कोपको प्रयोग गर्दछन् । र, उक्त क्यामरा सोही इन्डोस्कोपीको प्रक्रियामा मद्दतका लागि तयार गरिएको हो ।

अहिलेसम्म डाक्टरहरुले महँगो स्क्यान र एक्सरे मेसिनको भर पर्नु पर्दथ्यो । तर यो नयाँ क्यामराले शरीरको भित्र प्रकाशको स्रोतका माध्यमबाट काम गर्दछ, इन्डोस्कोपको लचिलो लामो ट्युबको अगाडिको भागबाट निस्कने प्रकाशजस्तै ।

युनिभर्सिटी अफ एडिनवर्गका प्राध्यापक केभ धालीवालले भनेका छन्, ‘यो क्यामरामा फरक–फरक प्रकारले काम गर्ने जबरजस्त क्षमता रहेको छ ।’उनका अनुसार, शल्यक्रियाका बेला शरीरको भित्र कुनै डिभाइस रहेको ठाउँ देख्नु निकै महत्त्वपूर्ण छ ।

नयाँ प्रविधि

सुरुवाती अनुभवमा यो देखिएको छ कि सामान्य परिस्थितिमा यो क्यामरा २० सेन्टिमिटर कोशिकाको भित्र प्रकाशको स्रोतलाई ट्रयाक गर्ने क्षमता राख्दछ  -बीबीसीमा खबर छ ।

इन्डोस्कोपबाट निस्कने प्रकाशले शरीर पार गर्न सक्दछ तर यो सीधा बाटोबाट यात्रा गर्नुको साटो कोशिकाहरुको तथा अंगहरुका कारण आमरुपमा अवरुद्ध भएर हराउँदछ । जसका कारण सफा तथा प्रष्ट तस्वीर लिन मुस्किल हुन्छ ।

नयाँ प्रविधिको माध्यमले सानोभन्दा सानो चिज, जस्तै फोटोन कणसमेत पत्ता लगाउन सकिन्छ । यो यतिधेरै संवेदनशील छ कि यसले कुनै पनि कोशिकाहरुबाट गुज्रने हल्का प्रकाशलाई समेत पक्रिन सक्दछ ।

यसले शरीरबाट प्रकाश गुज्रिनका लागि लाग्ने समय पनि बताउँदछ । यो क्यामरालाई बिरामीको ओछ्यानको नजिक राखेर पनि प्रयोग गर्न सकिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK