शक्तिको अठार वर्षे क्रिकेट यात्रा अन्त्य(भिडियो सहित)

ENGLISH

SPORTS

शक्तिको अठार वर्षे क्रिकेट यात्रा अन्त्य(भिडियो सहित)

रोकिएन शक्तिको आँसु

16 December, 2018 | Sandeep Bhattarai | 2980 Views | comments

शक्ति गौचन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले शनिबारदेखि औपचारिक बिदाइ लिएका हुन् ।

त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप काठमाडौँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । इपिएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् ।

बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए । उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए । “टी–२० विश्वकपदेखि एकदिवसीयसम्म हरेक ठूला प्रतियोगिता सधैँ मेरो स्मरणमा रहिरहने छ । हरेक समय हामीले एकअर्कालाई सहयोग गरेर राम्रो क्रिकेट खेल्ने प्रयास गरिरहृयौं । ती हरेक कुराहरु मलाई याद आइरहने छन्”– शक्तिले भने ।

सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसका अभिन्न अङ्ंग हुन् उनी । नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थिति बलियो देखाएका छन् । सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा शक्तिले गरेको प्रदर्शनलाई लिएर उनले शक्ति ‘द पावर’ को उपमा पाएका थिए ।

सन् २०१० को एसियन गेम्सदेखि करिब डेढ वर्ष टोलीमा नपरेका शक्तिले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए । उनले सन् २०१२ मा भएको आइसिसी टी–२० विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका थिए । उनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक समेत गरेका थिए । अन्न्तर्राष्ट्रिय क्रिकेट ह्याट्रिक गर्ने उनीमात्र एकजना नेपाली खेलाडी हुन् ।

सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन चारमा १० विकेट हात पारे । डिभिजन चारअन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए ।

सन् २००१ मा यू–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्तिसँग यू–१९ स्तरको विश्वकप समेत खेलेको अनुभव छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । सिनियर अन्तर्राष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सूचिमा शक्तिको पनि नाम छ ।

भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।

शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका छन् । शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् । “शक्ति एकदमै उत्कृष्ट खेलाडी हुन्” राष्ट्रिय टोलीका कप्ता पारस खड्काले भने, “उनी सिनियर क्रिकेटर हुन् । शक्तिले धेरै उदाहरणीय कामहरु गरेका छन् । मैले चिनेका क्रिकेटरहरुमा शक्ति जति मेहनती कोही देखेको छैन ।”

यसै विषयमा तयार पारिएको भिडियो यहाँ प्रस्तुत छ :

क्रिकेट बाट सन्यास लिएपछि विनोद भावुक बने (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK