२ फेब्रुअरी शुक्रबारका दिन वक्रा स्थिति फेमिली पार्कमा लोक बहादुर राईको सभापतित्वमा “संखुवासभालीको पहिचान, बिश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ शंखुवासभा समाज कतारको पहिलो साधारणसभा तथा बृहत बनभोज सम्पन्न भएको छ ।
साधारणसभाबाट लोक बहादुर राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । उपाध्यक्ष खगेन्द्र कार्की, उपाध्यक्ष द्रोण कार्की महासचिव निरन नेपाल, सचिवमा शिव प्रसाद दाहाल, बिष्णु श्रेष्ठ, कोषध्याक्ष पदम तामाङ, सहकोषध्याक्ष ज्ञानु राई, सदस्यहरुमा ऋषि ढकाल, शंकरमान राई,राम कुमार ठटाल,शिव खत्री, राजकुमार सुबेदि, युवराज कालाखेती, नबराजपौडेल चयन भएका छन् ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यमा समाजसेवी सागर नेपाल संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठ, पत्रकार नबराज बि.क समाजसेवी अशोक तामाङको विशेष उपस्थितिरहेको थियो ।
औपचारिक कार्यक्रमको शुरुवात दीप प्रज्वलन सहित ब्यानर अनवरण सगै रास्ट्रिय गान बाट शुरु गरिएको थियो । अतिथिहरुलाई स्वागत मन्तव्य सहित संखुवासभाको चिनारी खगेन्द्र कार्कीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन महासचिव द्रोण कार्कीले गरेका थिए भने कलाकारहरुले गीत गजल तथा नृत्य लगायतका प्रस्तुति समेत दिएका थिए ।
न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...
कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...
इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...
चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...