व्यक्तिगत स्वार्थमा ‘देश’लाई जोखिममा नपार

ENGLISH

व्यक्तिगत स्वार्थमा ‘देश’लाई जोखिममा नपार

सम्पादकीय

23 July, 2016 | Krishna Adhikari | 5230 Views | comments

Nepal-peopleनेपालको संबिधान जारी भए पश्चात बनेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले संसदमा पेश गरेको बजेटका केहि बिधेयक पास नहुदै मुलुक अश्थिरताको दलदलमा फसेको छ | सयुक्त सरकारको रुपमा नेकपा माओबादी केन्द्र, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, जनमोर्चा लगायत पार्टी मिलेर बनेको सरकारलाइ ९ महिना पछि सरकारकै मुख्य घटक नेकपा माओबादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस सहित मधेसी पार्टीले अबिश्वासको प्रस्ताब दर्ता गराए पछी केपी शर्मा ओलीको सरकार धरापमा परेको छ | यधपी अल्पमतमा सरकार परेको भए पनि यसै प्रस्ताबमा ससदीय छलफल जारी छ |

नेपालमा पटक-पटक ब्यबस्थाहरु परिबर्तन भए तर अबस्था परिबर्तन हुन सकेन जसका कारण २६ बर्षमा २२ वटा सरकार बनेका छन | जसको निष्कर्ष हुन्छ मुलुक अस्थिरताको जन्जिरमा परिरहेको, अरुको एजेन्डाको प्रयोगशाला बनिरहेको छ | अबस्य पनि हैन भने मुलुकमा ब्यबस्था परिबर्तन भए पनि अबस्था किन परिबर्तन हुन सकेन ? गम्भीर प्रश्न आम जनता हुनु स्वाभाविक छ | राजनीतिक संस्कार नभएको हाम्रो जस्तो मुलुकमा त्यहि देशका नेता बाट पनि त्यो अपेक्षा गर्नु एक हिसाबले पनि मुर्खता नै हो |

सहि काम गर्दा गर्दै पनि जनताले रुचाउदा रुचाउदै पनि बिदेशी शक्तिको आडमा मुलुक भित्र चलखेल गरि बिदेशीको इशारामा चल्न खोज्नु आफैमा गलत प्रवृति हो | जुन प्रवृतिले ब्यक्तिलाइ केहि समय छोटो सहयोग त होला, तर दिर्घकालिन रुपमा नराम्रो ट्रेन्ड बस्छ जुन निकै हानिकारक हुन्छ एउटा राज्यका लागि |नेपालको सन्दर्भमा स्थिर सरकार बनाउनको निम्ति नेपालको शासकीय स्वरूप मै परिबर्तन गर्नु आबश्यक छ अनि मात्र रिजल्ट ओरिएन्टेट सरकार, खोज्ने हुन्छ, बिकास र प्रगतिको मापन ‘एरो’ हुन्छ |

नेपालको राष्ट्रिय राजनीतिमा बिकासका एजेन्डाले महत्वका साथ बहसमा आउने मौका पाए, जुन रुपमा नेपाल भन्दा बाहिर काम,पढाई र अन्य शिलसिलामा भएका नेपालीहरुकै सोचाइ संग मिल्ने गरि नेपालको आर्थिक सामाजिक बिकास हुनु पर्ने आवाज यस सरकारले उठायो | बोली संगै उनले केहि राम्रा कामका सुरुवात पनि गरेका थिए | भारतले लगाएको नाकाबन्दीको खुलेर सामना गरे, विशाखापट्टम बन्दरगाहको उद्घाटन, चाइना संगको पारबहन सम्झौता, पोखरा अन्तराष्ट्रिय विमानस्थल, केरुंग-काठमान्डू-पोखरा रेल सम्भाव्यता अध्ययन, पेट्रोलियम अन्वेषण लगायतका कामहरु पनि सुरु गरिएको थियो | अझ अघिल्लो सरकारले भारतीय कम्पनि लाइ दिईसकेको फाष्टट्रयाकलाइ नेपाल स्वयम् आफैले बनाउने काम पनि निकै महत्वपूर्ण निर्णय थियो |

मुख्य कुरा त उनलाई देश देखि विदेश सम्ममा रहने नेपाली युवाहरुले सकारात्मक रुपमा लिदै आएका थिए |दक्षिण एसियामा नै कसैको गुलाम नबनेको सार्बभौम मुलुक एक मात्र नेपाल भए पनि दक्षिणी छिमेकीले पटक-पटक स्वतन्त्र निर्णय गरेर चल्न थाले पछी घेराबन्दी गर्ने गरेको छ | जसको उदाहरण स्वरूप २०४५ को नाकाबन्दी र २०७३ को नाकाबन्दि लाइ लिन सकिन्छ |

जस अनुरुप नेपालका नेताहरुलाइ आफ्नो प्रलोभनमा पारि सिमित स्वार्थ पुरा गर्ने माध्यम बनाई आफ्नै पन्जामा राख्ने उसको चाहना रहेको हुन्छ जसलाई नेपाली राजनीति नेतृत्वले अझ साथ दिदा नेपाली राष्ट्रियता देखेर लाज लाग्ने अबस्था आउने गर्छ | अहिलेको अविश्वासको प्रस्ताब त्यो पनि ‘ट्रोजन हर्स’ मानिने नेकपा माओबादी केन्द्र बाट आउनु, संसदमा उनीहरुले गरेको सम्बोधनले पनि नेपाली कांग्रेस, माओबादी र मधेसी नेताहरुको उदेश्य र ज्ञान छर्लंग हुन्छ |

पहिले मुलुक, अनि पार्टी र त्यस पछी मात्र व्यक्ति हुन्छ, त्यसैले व्यक्तिगत स्वार्थले गर्दा ‘देश’लाई जोखिममा पार्ने अधिकार कसैलाई छैन |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK