‘वैधानिक बनेर सुरक्षित हुनुहोस्’

ENGLISH

NRN GLOBAL

‘वैधानिक बनेर सुरक्षित हुनुहोस्’

अवैधानिक कामदारका लागि आममाफी

9 August, 2018 | Sandeep Bhattarai | 1230 Views | comments

यूएई– यूएई सरकारले स्वदेश फर्कने वा पुनः रोजगारीको हैसियत कायम गर्ने विकल्पसहित नेपालसहित विदेशी नागरिकलाई आममाफीको घोषणा गरेको छ ।

रोजगारीका लागि यूएई गएका नेपाललगायत अन्य देशका कामदार विभिन्न कारणले अवैधानिक हुने क्रम बढ्दै गएपछि त्यहाँको सरकारलाई विदेशी कामदारको बसाई हैसियत व्यवस्थापन गर्न गाह्रो हुने गरेको छ । विदेशी नागरिकको बसाइ हैसियत व्यवस्थापन गर्न यूएई सरकारले वर्षेनी आममाफीको मौका दिने गरेको छ ।

यूएईमा अवैधानिक रुपमा बस्ने नेपालीको संख्या बढ्न थालेपछि स्वेच्छिक रुपमा आफ्नो देश फर्काउन विभिन्न योजना सार्वजनिक गरिँदै आएकोमा नेपाली दूतावासले आवश्यक सहयोग गर्नेछ । यूएई सरकारले गैरकानुनी रुपमा रहेका विदेशी कामदारहरूलाई आममाफी दिन हालै ३ महिनाको म्याद दिएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकहरूलाई वैध रुपमा यूएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेहरूका लागि अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर २०१८ सम्म लागू हुने गरी ३ महिने आममाफी दिने व्यवस्था गरेको छ ।

आममाफी अवधीभरको लागिमात्र सोही प्रायोजनको निमित्त यूएईमा गैरकानुनी रुपमा रहेका नेपाली नागरिकहरूले दूतावासमा आवश्यक कागजात तथा दस्तुर पेश गरी राहदानी वा ट्राभल डकुमेन्ट बनाउनसमेत अनुरोध गरिएकोे छ । यूएईमा अवैध रुपमा रहेका नेपालीले स्वदेश फर्कनका लागि राहदानी वा ट्राभल डकुमेन्ट बनाउन पुरानो राहदानी र नेपाली नागरिकताको कपी, पुरानो राहदानी हराएको अवस्थामा पुलिस रिपोर्ट र आवश्यक दस्तुरसहित दूतावासमा सम्पर्क गर्न सक्ने जनाईएको छ ।

दूतावासले नियमित राहदानीको लागि २०० दिराम बुझाउनु पर्ने जनाएको छ । यसरी नै हराएरको वा बिग्रिएर राहदानी बनाउन ४०० दिराम दस्तुर तोकेको छ । यसरी नै ट्राभल डकुमेन्टका लागि पुरानो राहदानीको कपी निःशुल्क उपलब्ध गराईने जनाईएको छ ।

नेपाली राजदूतावास अबुधाबिका कार्यवाहक राजदूत सागर फुयाँलले अवैध रुपमा बसेका नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक कागजात जारी गर्न अबुधाबीको अलसामा, दुबईको अल अरबिर, शारझहाँको इमिग्रेसनमा दूतावासका कर्मचारी रहने जानकारी दिए ।
अहिलेसम्म दूतावासबाट २० जनाले मात्रै स्वदेश फिर्तीका लागि आवश्यक पर्ने कागजात लिएको दूतावासले जनाएको छ । यूएईमा अवैधानिक रुपमा बसेका नेपालीहरूलाई यूएई सरकारले प्रदान गरेको यो सेवा लिएर आफू वैधानिक बाटोबाट यूएई बस्न नेपाली राजदूतावास अबुधाबिका कार्यवाहक राजदूत फुयाँलले सबैसँग अनुरोध गरेका छन् ।

के हो आममाफी ?
३१ अक्टोबर २०१८ सम्म लागू हुने यूएईको फेडेरल अथोरिटी फर आइडेन्टीटी एन्ड सिटीजनसिप (आइसीए)को ‘तपाईको हौसियत सुधारेर आफू सुरक्षित हुनुहोस्’ कार्यक्रमअन्तर्गत अवैधानिक बनेका आप्रवासीहरूलाई वैध रुपमा यूएईमा रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था हो । दूतावासले यूएईमा गैरकानुनी रुपमा रहेका नेपालीलाई यो अवसरको सदुपयोग गर्न अनुरोध गरेको छ ।

युएईमा रोजगारीका क्रममा रहेका नेपाली नागरिकले आममाफीको बेला स्वदेश फर्कदा त्यहाँको अध्यागमन कार्यलयलाई अन्य समयमा जस्तो अतिरिक्त जरिवाना भने तिर्नु नपर्ने दूतावासले जनाएको छ । यसरी नै आममाफीको समयमा स्वदेश फर्केका नेपालीलाई पुनः प्रवेशमा रोक नलगाइने समेत जनाइएको छ ।

यसरी नै वैधानिक हौसियत बनाएर पुनः यूएईमा नै रोजगारी गर्न चाहने नेपालीले ५०० दिराम जरिवाना सहित आवेदन दिएर नयाँ काम खोजी वैधानिक रुपमा यूएईमा रहन सकिने जनाइएको छ । ६ महिनाको काम खोज्ने भिसाको लागि मानव संशाधन तथा इमिरताइजेसन मन्त्रालयको वेबसाइटमा ‘भर्चुअल जब मार्केट’ मा दर्ता गर्न सकिने समेत उल्लेख छ ।

भिषाको अवधि सकिएर म्याद भन्दा बढी बसेका (ओभरस्टे) र कम्पनी छोडेर भागेका (कम्पनी भगौडा) व्यक्तिहरूले आममाफीबाट फाइदा लिन सक्नेछन् । यो व्यवस्था अन्तर्गत यूएईको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुनेछ । भविष्यमा युएईमा आउनको लागि हुने सम्भावित प्रतिवन्धवाट समेत छुटकारा पाइने छ । साथै, यूएईमै बस्न चाहनेहरूले काम खोज्नको लागि यूएई सरकारले तोकेको ५०० दिराम शुल्क तिरेर ६ महिनाको अस्थायी भिषा प्राप्त गर्न सकिने छ ।

यो आममाफीबाट युएईमै काम खोजी बस्न चाहनेहरूको लागि वैध रुपमा काम गरी बस्नको लागि अवधी बाँकी रहेको राहदानी भने आवश्यक हुन्छ । राहदानी नभएको खण्डमा यूएईमै काम खोजेर बस्न चाहने हो भने राहदानीको लागि आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि र प्रहरी प्रतिवेदन लिएर दूतावासमा सम्पर्क गर्नुपर्ने छ । नेपाल फर्कने नेपाली भने ट्राभल डकुमेन्ट बनाउनु पर्नेछ ।

आममाफीको लागि पछिल्लो भिसा जुन इमिरेट्सबाट जारी भएको छ, त्यही इमिरेट्समा रहेको आममाफी केन्द्रमा सम्पर्क राख्नुपर्ने जनाईएको छ । अबुधावीको लागि भने अध्यागमन कार्यलय शारजहाँ, अलअइनमा सम्पर्क गर्नुपर्ने छ । यसरी नै दूवइको लागि अल अवीर र अन्य इमिरेट्सका लागि भिषा लागेको इमिरेट्सको मुख्य अध्यागमन कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ । ६ महिनाको काम खोज्ने अस्थायी भिसा सकिनै लाग्दा समेत काम नपाइएमा उक्त भिसाको अवधि सकिन १० दिन अगावै नेपाल फर्कनुपर्ने हुन्छ ।

यूइई नेपाली कामदारको लागि कतार, साउदी अरब र मलेसियापछि चौथो ठूलो श्रम गन्तव्य हो । यूएई नेपाली महिला कामदार जाने प्रमुख रोजगार गन्तव्यमध्ये एक हो भने नेपालीको लगानीमा धेरै व्यवसाय सञ्चालन गरिएको देश समेत हो । आर्थिक वर्ष २०७५-२०७५ मा मात्र रोजगारीमा जाने नेपालीको संख्या ६० हजार २४४ रहेको थियो । यसमध्ये पनि महिलाको ६ हजार ५६४ जना थिए ।

यसरी नै आव २०७३-२०७४ मा ५७ हजार ९९० नेपाली रोजगारीका लागि यूएई गएकोमा महिलाको संख्या ७ हजार ५४५ रहेको थियो । विगत २ वर्षको तथ्यांक हेर्दा श्रम स्वीकृती लिएर रोजगारीका लागि यूएई जाने नेपालीको संख्या २ हजार २५४ जनाले बढेको छ ।

गोपाल संग्रौला-भुपराज बस्याल// कारोबार

यूएईले दियो तीनमहिने आममाफी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK