वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम दुबईमा सम्पन्न

ENGLISH

NRN GLOBAL

वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम दुबईमा सम्पन्न

युएईमा प्रत्येक हप्ता एक जना नेपालीको मृत्यु हुन्छ

3 July, 2016 | Sandeep Bhattarai | 1570 Views | comments

लालबहादुर ढेंगा, दुबई, युएई -गएको १ जुलाई शुक्रबारका दिन दुबईको नसिमा रोयल होटलमा नेपाली राजदुतावास अबुधावीले वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कामदार र दुतावासकोबीच सहज र सुलभ सेवाको सम्बन्धमा युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवि, महिला, पत्रकार र नेपालीलाई रोजगार दिने विदेशी स्पोन्सरको सहभागितामा भएको हो ।

ba

उक्त अन्तरक्रिया कार्यक्रमको थालनी राष्ट्रिय गीतबाट भएको थियो भने सहचार्य संगीता न्यौपानेको शुभकामना मन्तव्य र केली टन्डनको संचालनमा भएको थियो ।युएईस्थित लगभग ४ लाख नेपाली कामदार र दुतावासकोबीच कसरी सहकार्य हुने, वैदेशिक रोजगारीको सम्बन्धमा जानकारी सहित तयार पारिएको आफ्नो रिपोर्ट कार्यवाहक राजदुत नेत्रबहादुर टन्डनले प्रस्तुत गर्नु भएको थियो । उहांले युएईको कानुन र रोजगार सम्बन्धी जानकारी दिनु भएको थियो । विदेशको भूमिमा रोजगार गर्दा कानुनको दायरामा रहेर कुनै पनि कार्य गर्दा सचेत हुनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी काउन्शिलर भेषबहादुर कार्कीले रोजगार व्यावस्थापन वैदेशिक ऐन २०६४ ले गरेको व्यावस्था सम्बन्धी जानकारी दिनु भएको थियो भने द्धितीय सचिव कृष्ण अर्यालले ८ वटा जेलमा भिजिट गरी १ सय जना जेलमा रहेको र कुन अभियोगमा गएकोे भन्ने बिवरण समेत दिनु भएको थियो । साथै युएईमा प्रत्येक हप्तामा १ जना नेपालीको मृत्यु हुने, हालसम्ममा १६० मृतकले पाउनु पर्ने रकम १२ करोड रुपैयां नेपाल पठाएको जानकारी दिनु भएको छ । अझै पनि १ जना ड्रग्स र १ जना हत्याको अभियोगमा आजीवन कारावास जेलमा जीवन बिताई रहेको जानकारी दिनु भयो ।

ba1

राहदानी र ट्राभल डकुमेण्टको बारेमा तृतीय सचिव विष्णु अधिकारीले आफ्नो रिपोर्ट दिनु भएको थियो । श्री सहचारी हिरा यादवको रिपोर्ट अनुसार विश्वको १०६ देशमा नेपाली कामदार पुगेको छ भने ४ देशमा जानको लागि रोक्का गरिएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या ४६ लाख ९५ हजार ७ सय ९५ रहेको पुष्टी भएको छ । दैनिक १ हजार ३ सय युवावर्ग विदेश पलायन हुन्छ भने सबैभन्दा धेरै महिला कामदारको रुपमा युएईमा आएका छन् ।

कार्यक्रमको अन्त्यमा उपस्थित भएका पाहुनाहरुको जिज्ञासामा लागेको प्रश्नलाई का.वा. राजदुत टण्डन, द्धितीय सचिव अर्याल, काउन्शिलर कार्की, तृतीय सचिव विष्णु अधिकारी र श्री सहचार्य हिरा यादवले जवाफ दिदै, सहचार्य केशवप्रसाद पोखरेलले उपस्थित सबैलाई धन्यवाद दिननु भएको थियो ।

ba2

यो पनि हेर्नुस – कतारमा दुर्घटनामा खुट्टा गुमाएका नेपाली एक बर्षदेखि अलपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK