वैदेशिक रोजगारीमा युएई आएका युवा जनचेतनामा सकृय

ENGLISH

NRN GLOBAL

युएई

वैदेशिक रोजगारीमा युएई आएका युवा जनचेतनामा सकृय

लक्ष्मण खनाल, युएई

26 November, 2017 | Sandeep Bhattarai | 2345 Views | comments

 युएई

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका केही नेपाली युवाले यहाँको कानुनले बर्जित गरेका कुराहरूबाट आफ्ना देशका नागरिकलाई सजग बनाउन जनचेतनामूलक कार्य सुरु गरेका छन् ।

शुक्रबार साप्ताहिक विदाको दिन बरदुबईमा नेपालीहरू भेला हुने पार्क र चोकहरूमा केही नेपाली युवा यस्तै कार्यमा लागिरहेका थिए ।‘जेव्रा क्रसको प्रयोग गरौँ, आफ्नो सुरक्षा गरौँ, जरिवाना जोगाऔँ’, ‘नेपालमा हाम्रा परिवार प्रतीक्षा गरी बसेका छन्’, ‘असल नागरिकको परिचय दिऊ’ जस्ता जनचेतनामूलक सन्देश लेखिएका पम्पलेट वितरण गरिरहेको अवस्थामा भेटिए ।

पाल्पाका राजा बगर, स्याङ्जाका प्रकाश ढकाल, पर्वतका नरेन सापकोटालगायतका युवा जनचेतना फैलाउन अघि सरेका हुन् । उनीहरूले विगत दुई हप्तादेखि विदाको दिन यसरी नै जनचेतनमूलक पर्चाहरु वितरण गर्ने गरेको जानकार दिए ।दुई हप्तामा करिब एक हजार पर्चा वितरण गरेको बताउँदै उनीहरूले नेपालीद्वारा सञ्चालित नेपाली रेष्टुरेन्टहरूमा पनि पर्चा वितरण गरेको बताए ।

अभियन्ता राजा बगरले वैदेशिक रोजगारीका लागि आएका नेपालीमा जनचेतनाको अभाव हुँदा अनाहकमा दुःख पाउने तथा दुर्घटनामा पर्ने गरेकाले यस्तो कार्य गरिएको बताए ।उनले युएईमा रहेका सबै संघसंस्थाले यस्ता कार्य गरेर नेपाली नागरिकलाई दुर्घटनामा पर्नबाट जोगाउनुपर्ने धारणा राखे ।

युएईको कानुनअनुसार स्थानीय प्रशासनले तोकेको ठाउँभन्दा अन्यत्रबाट बाटो वारपार गरे जरिवाना तिर्नुपर्छ । यस्तै, यहाँका सडकमा धेरै गतिमा गाडी गुड्ने गरेकाले दुर्घटनामा समेत नेपाली पर्ने गरेका छन् ।

नयाँ पत्रिका

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK