वैदेशिक रोजगारीमा जाने घटे, आठ महिनामा तीनसय १५ को मृत्यु

ENGLISH

वैदेशिक रोजगारीमा जाने घटे, आठ महिनामा तीनसय १५ को मृत्यु

30 May, 2017 | Sandeep Bhattarai | 815 Views | comments

वैदेशिक रोजगारी

यस वर्ष श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आव २०७३।७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दै गएको उल्लेख छ । चालु आवको प्रथम आठ महिनामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या एक लाख ८६ हजार १६६ रहेको छ । जसमध्ये पुरुष एक लाख ७६ हजार ८३१ जना र महिला नौ हजार ३३५ रहेको छ ।

सबैभन्दा बढी कतारमा ६२ हजार २६९, साउदी अरबमा ४३ हजार १८३, मलेसियामा ३८ हजार ४६४, युनाइटेड अरब इमिरेट्स (युयई)मा २६ हजार २५१, कुवेतमा पाँच हजार ६४८ जना र बाँकी अन्य देश रहेका छन् ।

आव २०६३।६४ देखि आव २०७२।७३ सम्ममा ३६ लाख १९ हजार ९८१ वैदेशिक रोजगारीमा गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेमध्ये एक दशमलव पाँच प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र ७५ दशमलव पाँच प्रतिशत अदक्ष कामदार रहेका छन् ।

गत आवमा दुई दशमलव नौ प्रतिशतभन्दा कम रोजगारी वृद्धिदर रहेकामा यो चालु आवमा रोजगारी वृद्धिदर थोरै बढेर तीन प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।

आठ महिनामा ३१५ को वैदेशिक रोजगारको क्रममा मृत्यु
चालु आवको पहिलो आठ महिनामा ३१५ जना नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३०८ पुरुष र सात महिला मृतक कामदारका परिवारलाई आर्थिक सहायता रकम रु नौ करोड ४० लाख १५ हजार वितरण गरियो ।

आव २०६५।६६ देखि २०७२।७३ सम्म पाँच हजार ३२८ पुरुष र ११६ महिला गरी जम्म पाँच हजार ४४४ जनाको वैदेशिक रोजगारकिो क्रममा मृत्यु भएको छ । यसरी मृत्यु भएका परिवारलाई बोर्डले रु ९२ करोड ५६ लाख ६९ हजार उपलब्ध गराएको छ ।

वैदेशिक रोजगारीमा कार्यरत नेपालीको अवस्था मानव अधिकार आयोगले अध्ययन गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK