वैदेशिक रोजगारीमा जानेहरुलाई संचय कोषको दायरामा ल्याइने (भिडियोसहित)

ENGLISH

SPECIAL

वैदेशिक रोजगारीमा जानेहरुलाई संचय कोषको दायरामा ल्याइने (भिडियोसहित)

रोजगारमा रहेका सम्पूर्ण कामदारलाई कोषबाट सामाजिक सुरक्षण सुविधा

24 June, 2016 | arjun baral | 1790 Views | comments

^942F1DC82A963AC37C47965222EEFAF1F6901DC27F4B28D3C8^pimgpsh_thumbnail_win_distr

गैरआवासीय नेपाली संघ र कर्मचारी संचय कोषबीच वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई कोषको दायरामा ल्याउने समझदारी भएको छ । सो समझदारीपत्रमा संघका अध्यक्ष डा.शेष घले र कोषका तर्फबाट प्रशासक कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रस्तावित कर्मचारी संचय कोष ऐन २०१९ मा संशोधन भएपश्चात वैदेशिक रोजगारमा रहेका सम्पूर्ण कामदारलाई कोषबाट सामाजिक सुरक्षण सुविधा प्रदान गर्ने प्रक्रिया निरुपण गर्ने सम्बन्धमा अध्ययन गर्न गठित र्कादल, अध्ययन समूह वा समिति–उपसमितिमा संघका प्रतिनिधि समेत समावेश गराई संयुक्त रुपमा अध्ययन गराइने छ ।

वैदेशिक रोजगारीमा जानेहरुको पनि कोष कट्टी गर्ने सम्बन्धी विधेयक संसदमाा विचाराधीन रहेको छ र यो पारित भएपनि उनीहरु कोषको दायरामा आउनेछन् । त्यस्तै गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलनमा घोषणा भए अनुसार हजारे अभियान मार्फत वैदेशिक राजगारीमा रहेका नेपाली कामदारहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न कोषसंगको सहकार्य मार्फत गरिने अध्ययन, अनुसन्धान लगायत अन्य क्रियाकलापमा कोष र एनआरएनएबीच आपसी सहकार्य गर्नु यस समझदारीको मुख्य उद्देश्य रहेको बताइएको छ ।

त्यस्तै संघले वैदेशिक रोजगारमा रहेका कामदार, कर्मचारीहरुको सामाजिक सुरक्षण सम्बन्धी विषयमा गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी, अन्तरक्रिया, छलफल तथा अन्य कार्यक्रमहरुमा कोषलाई सहभागी गराउने र कोषमार्फत गराउन सकिने विषयको बजारीकरण गर्ने व्यवस्था मिलाउनेछ ।त्यसै गरी कोषकट्टी रकम कोषमा ल्याउने प्रक्रिया निरुपण गर्न संघ र संघ अन्तर्गतका अन्य निकायहरुबाट काषले आवश्यकता अनुसार सहयोग प्राप्त गर्नेछ ।

असार १० गते भएको समझदारीको उद्देश्य वैदेशिक रोजगारीमा रहेका जनशक्तिलाई थप क्षतिपूर्ति र बीमाको व्यवस्थाका साथै निवृत्तिभरण, संचय कोष कट्टी लगायतका सामाजिक सुरक्षा सुविधाहरु प्राप्त हुने अवस्था सिर्जना गर्नु रहेको छ । यसले कामदारहरुको सामाजिक सुरक्षा वृद्धि भई उनीहरु थप लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 जुन देशका युवाहरुको भविष्य छैन, त्यो देशले उन्नति गर्न सक्दैन (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK