वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाइने मन्त्री गुुरुङको दावी

ENGLISH

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाइने मन्त्री गुुरुङको दावी

21 January, 2017 | Sandeep Bhattarai | 895 Views | comments

वैदेशिक रोजगार

वैदेशिक रोजगारका लागि साउदी अरब, जोर्डन, लेवनन, मलेसिया र कुवेतसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कतार, संयुक्त अरब इमिरेटस् (युएई), इजरायल, जापान, दक्षिण कोरिया र बहराइनसंग सम्झौता गरिसकेको छ । अहिलेसम्म ११० वटा मुलुकमा नेपाली कामदार जाने गरेका छन् ।

मन्त्रालयले शुक्रबारआयोजना गरेको कार्यक्रममा श्रममन्त्री सूर्यमान गुुरुङले फ्रि–भिसा, फ्रि–टिकटका नाममा पनि अहिले गलत काम भइरहेकामा चिन्ता व्यक्त गर्दै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रम तथा रोजगार मन्त्रालयका सह–सचिव महेश्वर न्यौपानेले आन्तरिक तथा वैदेशिक रोजगारका लागि सरकारले स्थानीय र जिल्ला तहमा पनि तालिम केन्द्रको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

श्रम विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले १४ वटै अञ्चलमा रोजगार केन्द्र स्थापना गरिसकेको जानकारी दिँदै केन्द्रको प्रभावकारी सञ्चालनका लागि जनशक्ति, स्रोत र साधनको अभाव रहेको छ भन्नुभयो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले विभागले अहिले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताउँदै करिब ४० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा गएका धादिङका २३ युवा बेखबर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK