वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका परिवारका ६२ जनालाई छात्रवृत्ति

ENGLISH

NRN GLOBAL

वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका परिवारका ६२ जनालाई छात्रवृत्ति

आवेदन परेका ११ जिल्लाका ६२ जनालाई छात्रवृत्ति

19 July, 2016 | arjun baral | 1345 Views | comments

edit

                आगामि वर्षदेखि विदेशमा करार अवधिमा ज्यान गुमाएका परिवारका सबै बालबालिकालाई छात्रवृति

वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका परिवारका ६२ जनाले वैदेशिक रोजगार छात्रवृत्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत शैक्षिक सत्रमा आवेदन परेका ११ जिल्लाका ६२ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको हो । आवेदन दिएका मध्य १८ जनाले नपाउने भएका छन् ।

एकै परिवारका एक जनालाई मात्रै दिने निर्देसिका अनुसार १८ जनाले नपाउने वोर्डका सुचना अधिकारी दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । एउटा परिवारको एक भन्दा बढि विद्यार्थी भएका ठुलो कक्षामा पढ्नेले मात्रै पाउने निर्देशिकामा उल्लेख छ ।

गत शैक्षिक सत्रमा आवेदन दिएका तर एसएलसी पास भएर गएका विद्यार्थीले पनि आफूले पढेको विद्यालयबाटै छात्रवृत्ति रकम पाउने छन् । माध्यामिक तहमा पढ्नेलाई १० हजार र आधारभुत तहमा पढ्नेलाई ६ हजार रुपैयाँ प्रदान गरिने भएको हो ।

सुचना अधिकृत पौडेलले छात्रवृत्ति रकम जिल्ला शिक्षा कार्यालयको खातामा पठाइसकिएको बताएपनि  जिल्ला शिक्षा कार्यालयलाई खबर छैन । जिल्ला शिक्षा कार्यालय खोटाङका प्राविधिक सहायक तइन्द्र राईले फारम संकलन गरेर पठाएको भएपनि रकम र रकम वितरणका लागि अक्तियारी नआएको बताउनुभयो । कहिले सम्ममा आउँछ र जिल्ला शिक्षा कार्यालय मार्फत नै वितरण गर्नेबारेपनि जानकारी नभएको उहाँको भनाई छ ।

शैक्षिक सत्र सकिएको महिनौ पुग्दापनि विद्यार्थिहरुले छात्रवृत्ति रकम पाउन सकेका छैनन् ।  यसैबीच वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अघिल्लो वर्षको छात्रवृत्ति वितरणलाई व्यवस्थीत गर्न नसकिएको स्वीकार्दै आगामि वर्ष प्रभावकारी बनाउने बताउनुभयो । कतिपय जिल्ला शिक्षा कार्यालयले फारम पठाएको जानकारी गराएपनि फारम वोर्डमा नआएको काफ्लेले बताउनुभयो । आगामि वर्षदेखि विदेशमा करार अवधिमा ज्यान गुमाएका परिवारका सबै बालबालिकालाई छात्रवृति दिने तयारी रहेको पनि जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK