वीर अस्पतालको मुहार फेर्दै धुर्मुस सुन्तली

ENGLISH

बीर अस्पताल

वीर अस्पतालको मुहार फेर्दै धुर्मुस सुन्तली

सन्दीप भट्टराई

20 May, 2018 | Sandeep Bhattarai | 3145 Views | comments

बीर अस्पताल

धुर्मुस सुन्तली फाउन्डेसन सामाजिक क्षेत्रमा क्रियाशील नाम । यो प्रतिष्ठानले गरीब, दुःखीका लागि एकीकृत बस्ती बनाएर चर्चामा आएको छ । अब यो प्रतिष्ठान नेपालको सबभन्दा पुरानो सरकारी अस्पताल त्यस्तै यस फाउन्डेसन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालको सरसफाई र रंगरोगनमा सक्रिय छ ।

मुलुककै जेठो अस्पतालको रुपमा स्थापित यस अस्पतालको अहिले मुहार फेरिएको छ । बीर अस्पतालका मैला र काला भित्ता र अव्यवस्थित तार र धुलाम्मे झ्यालहरु । लाग्छ यो कुनै अस्पताल नभई खण्डहर हो ।

तर अहिले वीर अस्पतालका झ्याल र भित्ता क्रमशः निला र चम्किला भइरहेका छन् । अव्यवस्थित रुपमा रहेका तारहरु लिष्टिले छोपिएको छ । निकै पोहोर र गनाहाउने शौचालय अहिले निकै सफा भएका छन् । उपचार गर्न पुगेका र उपचाररत विरामीहरु वीर अस्पतालको स्वरूप फेरिएको देखिएर अचम्मित परेका र कतिपय यहाँ सुटिंग हुन लागेको बताउछन् ।

२२ वैशाखमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पुरुष शौचालय सफा गरेर वीर अस्पताल सरसफाइ अभियान सुरु गरिन । तर अस्पतालको शौचालय मात्र नभएर अस्पतालकै मुहार फेर्नुपर्छ भनेर लागेका छन् अभिन्यता सिताराम कट्टेल(धुर्मुस) ।

सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नेपालमा २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि भूकम्प पीडितहरुका लागि आवास पुन निर्माण र सामाजिक कार्य गर्ने उद्देश्यले खोलिएको हो ।

गत वैशाख २६ गतेबाट सुरु गरिएको यस सफाई अभियानमा अस्पताल प्रशाशन, बागमती सफाई महाअभियान र खेम क्लिनिंग सर्भिसले पनि सहकार्य गरिरहेको छ । हाम्रो टोली पनि यसै सन्दर्भमा आफ्नो क्यामेरामा अस्पतालको दृश्य खैद गर्न त्यहाँ पुग्दा हामी पनि अचम्मित पर्यौं । त्यस्तै, अस्पताल प्रशासन वरपरका भित्तामा चित्रसहित भित्ता सजाइएको छ । महिला शौचालय, नेफ्रो विभाग पस्ने भित्तातिर पनि चित्र बनेका छन् ।

हाल त्यस अस्पतालको रङ्ग रोगन गर्न लगभग ५० जना खटिरहेको सुपरभाइजर ततहा रङ्गरोगनकार्यका प्रमुख अनिश लामिछानेले बताए । उनीहरु प्राय दैनिक रुपमा आफ्नो कौशलतापूउर्वक कार्यहरु गरिरहेको र कामदारहरु पनि यस कार्यप्रति सन्तुष्ट रहेको लामिछानेले नेपाल जापान डट कमलाई जानकारी दिए ।

विहान साढे छ बजे देखि राति साढे ११ बजे सम्म रङ्ग रोगनको कार्य भैरहेको लामिछानेले बताए । र यस रंगरोगनको कार्य छिट्टै सकिने उनले जानकरी दिए । सुरुमा शौचालय मात्र सफा गर्न आएको र अस्पतालको हालत देखेर यसको स्वरूप नै परिवर्तन गर्नुपर्छ भनेर यस अभियान सुरु गरेको लामिछानेले बताए ।

अहिलेसम्मको सरसफाइमा कति खर्च भयो भन्ने सन्दर्भमा यकिन नभएको भन्दै लामिछानेले यस कार्यमा सहयोग गर्न अस्पतालमै आएर धेरै व्यक्तिहरुले सहयोग उपलब्ध गराएको र भैरहवामा पुगेका धुर्मुसलाई लिलादेवी कुन्तिदेवी प्रतिष्ठानले अस्पतालको सरसफाईको लागि दुई लाख २५ हजार रुपैयाँ सहयोग गरेको जानकरी दिए ।

बीर अस्पताल

त्यस्तै विहान रंरोगनकार्य भएपछि राति साढे आठ बजे देखि विहान साढे ४ बजे सम्म खेम क्लिनिंग सर्भिस सफाईको कार्य गर्ने सफाई प्रमुख सुमन थापा मगर र राजेन्द्र कार्कीले बताए । त्यस सफाई अभियानमा १० जना अस्पतालका र १५ जन बाहिरका रहेका मगरले जानकरी दिए । र यस सफाई अभियान पनि केहि दिनमा सकिने मगरले बताए । सफाईको कार्य भने हरेक दिन राष्ट्रिय गान बजाएर सुरु गरिने मगरले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK