विष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

ENGLISH

NRN GLOBAL

विष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

15 November, 2017 | Kunjar Bhattarai | 685 Views | comments

बिजय थापा-अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई गत कार्तिक २८ गते आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

सभापतिज्यूले आज मलाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गर्नु भएको पत्र प्रदान गर्दै जिम्मेवारी दिनु भएको छ,यसलाई मैले विश्वभरिका जनसम्पर्क समितिको सम्मानको रुपमा लिएको छुु जिम्मेवारी पाए लगत्तै छोटो संवादमा विष्टले भने’ ।

जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा मनोनित हुने विष्ट भारत बाहेकका देशबाट पहिलो नेता हुन् । गत सेप्टेम्वरमा राष्ट्र संघ महासभामा भाग लिन आउनुभएका प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गरेका थिए ।

सोही अनुसार सभापति देउवाले विष्टलाई नेपाल बोलाई पार्टी गतिविधिमा क्रियाशील हुन र आसन्न निर्वाचनमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनु भएपछि विष्ट अहिले नेपालमा कांग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्न विभिन्न जिल्लामा पुगी रहेका छन् ।

विगत दुई दशकदेखि अमेरिकामा बसेर नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न अनवरत क्रियाशील रहेका विष्ट अमेरिकामा कांग्रेसको संगठनलाई विस्तार गर्ने संस्थापक नेतृत्वकर्ताको रुपमा चिनिन्छन।

विष्टकै पहलमा सुरु भएको जनसम्पर्क समिति,अमेरिका हाल अमेरिकामा समितिका २७ वटा च्याप्टर क्रियाशील छ । विष्टकै पहलमा अमेरिकाले कांग्रेसको १२ औं महाधिवेशनमा पहिलोपटक आधिकारिक रुपमा प्रतिनिधित्व गर्ने अवसर पाएको थियो । सोही महाधिवेशनपछि कांग्रेसको विधानमा नै जनसम्पर्क समितिको प्रतिनिधित्व गराउने व्यवस्था उल्लेख छ ।

१२ औं र १३ औं महाधिवेशनमा अमेरिकाबाट महासमिति सदस्य समेत रहेका विष्ट मातृभूमिमा सम्पन्न संविधान सभाको पहिलो र दोश्रो दुवै निर्वाचन,हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउने अभियानमा सक्रियतापूर्वक लागेका छन् ।

‘म पार्टीको एक वफादार सिपाही हुँ र मैले यो जिम्मेवारीलाई अत्यन्त गहनताका साथ लिएको छु,यसलाई मैले हामी देश बाहिर रहेका सबै कांग्रेसजनको सम्मानको रुपमा लिएको छु । यसका लागि म मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व र आदरणीय सभापतिलाई विशेष धन्यवाद व्यक्त गर्दछुु ‘विष्टले भने ।

एनआरएनए स्पेनमा प्रबक्ता र सल्लाहकारहरु मनोनित

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोल केसीलाई ५० लाखको अफर

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को...

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK