विश्व स्वास्थ्य संगठनद्वारा सिरियामा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह

ENGLISH

WORLD

विश्व स्वास्थ्य संगठनद्वारा सिरियामा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह

25 April, 2018 | Kabi Adhikari | 935 Views | comments

स्वीट्जरल्याण्ड । सिरियामा मानवीय सङ्कट बढीरहँदा मङ्गलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएको छ ।

world-health-organation

सिरिया र छिमेकी पाँच विभिन्न मुलुकमा द्वन्द्वका कारण विस्थापित बनेका एक करोड ७० लाख नागरिकले खाद्यान्नको सङ्कट झेल्नुपरेको डव्लुएचओले जनाएको छ । अन्तर्राष्ट्रिय समुदायको ब्रसेल्समा भएको भेलाले सिरियाली जनताको जीवनरक्षाका लागि खाद्यान्न लगायत अतिआवश्यक दैनिक उपभोगका वस्तुका लागि थप लगानी गर्नु पर्ने देखिएको डब्लुएचओको को भनाई छ ।

सिरियाली द्वन्द्व, विभिन्न सामानको अभाव, असुरक्षा, सामान्य जनजीवनमा अवरोधको अवस्थाले लाखौँ सिरियालीलाई स्वास्थ्य सहयोगकोसमेत खाँचो रहेको छ ।
यसैबीच सिरियाबाट विभिन्न छिमेकी मुलुकमा गई शरण लिई बसेका ठूलो सङ्ख्याका सिरियाली नागरिक गरिबीको रेखामुनि बाँच्न बाध्य रहेका पाइएको र उनीहरूले अतिआवश्यकीय स्वास्थ्य सेवाको सुविधासमेत लिन नसकेको विश्व समुदायको ध्यान आकृष्ट गरिएको छ ।

सन् २०११ देखि शुरू भएको सिरियाली युद्धका कारण करिब एक करोड १३ लाख सिरियाली नागरिक देशभित्र नै बाँच्न र अन्य जीवन रक्षाका लागि चाहिने अतिआवश्यकीय सामग्रीका सहयोगको पर्खाइमा रहेका बताइएको छ । सिरियामा झण्डै आधा स्वास्थ्य सेवामात्र सम्पूर्ण रूपमा सेवा प्रदान गर्नसक्ने स्थितिमा रहेका छन् ।

सिरियामाथि अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK