विश्व टी–२० क्रिकेट एशिया छनोट : नेपालद्वारा भुटान ११७ रनले पराजित

ENGLISH

SPORTS

विश्व टी–२० क्रिकेट एशिया छनोट : नेपालद्वारा भुटान ११७ रनले पराजित

9 October, 2018 | Sandeep Bhattarai | 3260 Views | comments

क्रिकेट

आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को खेलमा नेपालले लगातार चौथो जित निकालेको छ । आज(मंगलबार) भएको खेलमा नेपालले भुटानलाई ११७ रनले पराजित गरेको हो ।

मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । नेपालका लागि ओपनर ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रनमा अविजित रहे भने अनिल कुमार शाहले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।

त्यस्तै आरिफ शेखले १५ बलमा १३ रन बनाई आउट भए भने दिपेन्द्रसिंह ऐरीले १० बलमा २ चौकासहित १५ रन बनाए । विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको लागि करण केसीले ५ बलमा १ छक्का सहित ११ रनमा नटआउट रहे । भुटानका लागि संजिवन गुरुङ, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले समान १-१ विकेट हात लिए ।

१५१ रनको लक्ष्य लिएर मैदान उत्रेको भुटान १६.४ओभरमा सबै विकेट गुमाउदै ३३ रनमा समेटियो । उसका लागि तेन्जिंग वांग चुकको ११  रननै टिमको लागि उच्च रन रह्यो भने संजीवन गुरुङको ६ रन जोडे । भुटानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले समान ३-३ विकेट लिए भने बसन्त रेग्मीको भागमा २ विकेट रह्यो । त्यस्तै शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट हात पारे ।

नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भुटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भुटानको प्रदर्शन कमजोर रहेको छ । एक खेलमा जित निकालेको भुटान दुई खेलमा पराजित भइसकेको छ ।

नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनुपरेको छैन । नेपालले भूटानविरुद्धको पाँच खेलमा चारमा जित तथा एउटा खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो । नेपाल १२ वर्षपछि भूटानसँग खेल्न लागेको हो ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी रहेका छन् । मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट र व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले बुधबार चीन र शुक्रबार अन्तिम खेल सिङ्गापुरसँग खेल्नेछ ।

नेपालको लगातार तेस्रो जित : थाइल्याण्ड १४० रनले पराजित

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK