विश्व क्रिकेट लिग च्याम्पियनसिप :नेपाल र केन्याबीचको खेल किर्तिपुर खेल मैदानमै हुने

ENGLISH

SPORTS

विश्व क्रिकेट लिग च्याम्पियनसिप :नेपाल र केन्याबीचको खेल किर्तिपुर खेल मैदानमै हुने

19 February, 2017 | Sandeep Bhattarai | 1050 Views | comments

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप

सन् २०१९ मा बेलायतमा हुने विश्वकप क्रिकेटको छनोट चरणमा प्रवेश गर्न निकै महत्वपूर्ण मानिएको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको खेल किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमै हुने भएको छ ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)लाई आइसीसीले निलम्बन गरेसंगै केन्याविरुद्धको खेल नेपालमा हुने कि नहुने भन्ने अन्योल रहेको थियो । तर, आइसीसीले आफ्नो आधिकारिक वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने जनाएपछि क्रिकेटप्रेमीमा खुसी छाएको छ ।

यही प्रतियोगिताका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ । नेपाल र केन्याबीचको पहिलो खेल आगामी फागुन २८ मा हुनेछ भने दोस्रो खेल फागुन ३० मा हुनेछ ।

प्रतियोगिताको चौथो चरणका खेलहरु सकिँदासम्म नेपाल ६ अंकसहित छैठौं स्थानमा रहेको छ भने केन्या ८ अंक जोड्दै तालिकाको पाचौं स्थानमा छ । सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् ।

नेपाल च्याम्पियनसिपका सुरुका चार मध्ये तीन खेलमा विजयको मुखमा पुगेर हारेको थियो । एयरमा स्कटल्यान्डसँग नेपाल अन्तिम क्षणमा ३ रनले पराजित हुन पुग्यो । त्यस्तै नामिवियाविरुद्धको दुवै खेलमा नेपाल बिजयी भएको थियो भने नेदरल्याण्डसंगको दुई खेलमध्ये एकमा जित हात परेको थियो

सन् २०१५ देखि सुरु भएको प्रतियोगिता यो बर्षभर चल्नेछ । केन्या पछि नेपालले हंगकंग र युएईसंग खेल्नेछ । शिर्ष चारमा रहन नेपालले सबै खेल जित्नुपर्नेछ ।

विश्व क्रिकेट लिग डिभिजनको लागि खेलाडी छनोट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK