विश्व क्रिकेट लिग च्याम्पियनसिप तयारी थाल्न क्यानलाई आइसिसीको पत्र

ENGLISH

SPORTS

विश्व क्रिकेट लिग च्याम्पियनसिप तयारी थाल्न क्यानलाई आइसिसीको पत्र

7 June, 2016 | Sandeep Bhattarai | 670 Views | comments

icc and can

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी साउनमा नेदरल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणमा हुने खेलको तयारी थाल्न निलम्बित क्यानलाई पत्र पठाएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्यान्डसँग हुने खेलको तयारी थाल्न आइसिसीले क्रिकेट सङ्घको निर्वाचित समिति, तदर्थ समिति, राष्ट्रिय खेलकुद परिषद् राखेप र क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई यही जेठ २२ गते पत्र पठाएको क्यानले जनाएको छ । पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीयस्तरमा समन्वय गर्ने जिम्मेवारी सीइओ घिमिरेलाई दिइएको उल्लेख छ ।

नेदरल्यान्ड टुरका लागि आवश्यक रकम आइसिसीले नै उपलब्ध गराउने पत्रमा उल्लेख छ । आइसिसीले सन् २०१४ देखि नै नेपाललाई दिँदै आएको सहयोग रोकेको छ । आइसिसीले पत्रमा खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको छ । यसअघि काठमाडौँमा भएको नामिबियासँगको खेलमा पनि आइसिसीले यही प्रक्रिया अपनाएको थियो ।

विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिताको चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते नेदरल्यान्डमा हुने खेलतालिका आइसिसीले गत वैशाख १४ गते सार्वजनिक गरेको थियो । त्यसपछि अर्को वर्षसम्ममा नेपालले हङकङ, केन्या र यूएईसँग होम एन्ड अवेको आधारमा दुई÷दुई खेल खेल्नेछ ।

गत वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको हो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ । घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई वैशाख ४ गते शनिबार पाँच विकेट र वैशाख ६ गते सोमबार तीन विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारभित्र रहने सम्भावना जीवितै राखेको थियो । नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।

विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छ मध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २÷२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् ।

सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत आठ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् । आन्तरिक विवादमा फसेको क्यानलाई नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै आइसिसिको बोर्ड बैठकले गत वैशाख १२ गते निलम्बित गरेको थियो ।

आइसीसीले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने विज्ञप्तिमार्फत उल्लेख गरेको थियो । क्यान निलम्बनमा परेपनि नेपाली क्रिकेट टोलीले आइसीसीको अन्तर्राट्रिय प्रतियोगिताहरू भने खेल्न पाउने जनाएको कारबाहीका बेला नै जनाएको थियो ।

यो पनि हेर्नुस – आइसीसीमा नेपाललाई टेष्ट मान्यता दिन प्रस्ताव

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK