विश्व कीर्तिमान राख्ने शेरचनको धोको अधुरै , आरोहणकै क्रममा निधन (भिडियो सहित)

ENGLISH

विश्व कीर्तिमान राख्ने शेरचनको धोको अधुरै , आरोहणकै क्रममा निधन (भिडियो सहित)

7 May, 2017 | Sandeep Bhattarai | 695 Views | comments

मीनबहादुर शेरचन

सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ ।

सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको शनिबार साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्य टोलीसहित काठमाडौँबाट हिँड्नुभएको थियो । उहाँले सन् २००८ मा ७६ वर्षको उमेरमा ३४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि अभियान चलाउने बताउँदै आउनुभएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यो वर्ष भने अभियान सफल बनाउने भन्दै काठमाडौँबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविर पुग्नुभएको थियो । उहाँको आरोहणका लागि रु ९५ लाख व्यवस्था गरिएको थियो ।

उहाँलाई गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत, म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायतले सहयोग गरेका थिए ।

भिडियो-

विश्व कीर्तिमान कायम गराउन ज्येष्ठ नागरिक शेरचन पुनः सगरमाथा चढ्ने तयारीमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK