विश्वलाई मन्त्रमुग्ध पार्ने कर्णालीका सुन्दर स्थानहरु

ENGLISH

TRAVEL

विश्वलाई मन्त्रमुग्ध पार्ने कर्णालीका सुन्दर स्थानहरु

भावना पाठक

20 February, 2017 | Bhawana Pathak | 835 Views | comments

सम्भावनाभन्दा बाहिरको क्षेत्र मानिन्छ कर्णाली । अथाह सम्भावना भारी महत्व बोकेको कर्णाली क्षेत्रबारे थोरै कुरा मात्र बाहिर आउँछन । धेरै जसो बाह्रैमासनै रोग, भोग र गरिबी समाचार बाहिर आउने कर्णालीका पर्यटकीय स्थलहरु अझै ओझेलमा परेका छन् ।

rara-lake

कर्णालीको पर्यटकीय क्षेत्र रुपमा रारा ताल से–फोक्सुण्डो तालका बारे मानिसले थोरै जानकारी पाए पनि अन्य यस्ता स्थल छन् जो अझै पनि ओझेलमा परेका छन् ।

राराताल
कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित राराताल नेपलको सबैभन्दा ठुलो ताल हो । कतै पनि पानीको निकास नदिखिने यो ताल समुद्री सतह देखि १० हजार फिटको उचाईमा रहेको छ । १० बर्ग किलोमिटर फैलिएको यो तालको वरिपरि पैदल गोरेटो बाटोले अवलोकन गर्न सकिन्छ । निलो गाढा रंगको पानीले भरिएको यो तालमा सफा पानीमा पाईने माछादेखि जल बिहार गर्ने हाँस, जलेवा र क¥याङ्गकुरुङ्ग जस्ता अंसख्या प्रजातिका चरा पनि देख्न पाईन्छ ।

यो तालसँगै बन्यजन्तु निकुञ्ज पनि जोडिएकोले निकुञ्जमा बिभिन्न जातीका जंगली जनवार देख्न पाईन्छ । यो निञ्कुजमा नेपालमा नै लोपोन्मुख अबस्थामा रहेको जंगली बास्नादार जनवार कस्तुरी देख्न पाईन्छ । यस तालमा पुग्न नेपालगंज वा सुर्खेतबाट आधा घण्टाको हवाई दृष्य अवलोकन नेपालको उच्चस्थानमा रहेको मुगुको ताल्चा बिमानस्थलमा पुग्न सकिन्छ । बिमानस्थलबाट २ घण्टाको पैदलयात्रा हिडेपछि राराताल पुग्न सकिन्छ । यो बाहेक यस तालमा पुग्ने अर्को बाटो भनेको पैदल यात्रा हो पैतल यात्रा गर्दा समय बढी लाग्ने गर्दछ ।

से–फोक्सुडो
कर्णाली अंञ्चलको डोल्पा जिल्लामा पर्ने से–फोक्सुडो ताल ४ दशमलव ८ किलोमिटर लामो,१ दशमलव ८ किलोमिटर चौडा र ६सय ५० मिटर गहिरो रहेको छ ।नेपाल कै गहिरो तालका रुपमा परिचित से–फोक्सुडो सुर्यको स्थानसंगै रंग फेर्ने यसको बिषेशता रहेको छ । यसको सफा पानीलाई हिमश्रृखलाले पहरा दिईरहेको दृष्य कम मनमोहक छैन । त्यो देख्दा सबैलाई स्वर्ग पुगेको अनुभव गर्न सक्छन् ।

से–गुम्बा
डोल्पा जिल्लाको उपल्लो डोल्पामा पर्ने से–गुम्बा बिश्वका बाह्रबोद्ध गुम्वाहरु मध्ये एक मानिन्छ । प्राचीन पगौडा शैलीमा निर्मित यो गुम्बा नेपालकै बौद्ध धर्मको आस्था राख्नेहरुका लागी एक गुम्बा हो । बौद्ध धर्मका असंख्या ग्रन्थ पाईने यस गुम्वामा पुराना बौद्ध मुर्ति पनि रहेका छन् । राज्यको संरक्षणको अभावमा जिर्ण बन्दै गईरहेको यस गुम्वाको प्रचार प्रसार हुन नसक्दा पनि से–गुम्बा आझेलमा पर्दै गईरहेको छ । यसको प्रचार प्रसार हुने सके यसमा बौद्ध धर्म प्रति आस्था राख्ने बिश्वका मानिसको घुईचो लाग्ने थियो ।

पचाल झरना
कालिकोट जिल्लाको पचाल झरना बदालकोट गाबिस अवस्थित छ । चुली हिमालबाट बग्ने पानीले तल कर्णाली नदीमा मिसिदा बनेको लामो छागाँले गर्दा यो झरना निकै लामो रोमान्चक शैलीमा बग्ने गरेको छ । यो झरनाको लम्वाई करिव १ किलोमिटर रहेको अनुमान गरिएको छ । तर हालसम्म पनि यसको लम्वाईका बारे कुनै खोज र अनुसन्धान भने गरिएको छैन ।यस क्षेत्रमा पुग्न भने गाह्रो छैन । सुर्खेत वा नेपालगंजबाट ६ देखि ८ घण्टाको बस यात्रा गरेपछि कालिकोटको सदरमुकाम मान्माबजार पुग्न सकिन्छ । त्यहाँबाट २ घण्टा पैतल यात्रा गरेपछि पचाल झरनामा देख्न सकिन्छ ।

पंचदेवल
कालिकोट जिल्लाको मान्ममा अवस्थित पंञ्चदेवल पुरानो देवलहरु मध्ये एक हो । पाँचवटा ठुला ठुला ढुङ्गाले बनेको यो देवल ढुङ्गामा कृत्रिम प्राचिन कला कृति सुन्दर ढंगले कोरिएका छन ।यो हेर्दा पाँच वटा मंन्दिर जस्तो देखिने देवलमा एउटा ढुङ्गामा पानीको कुवा रहेको छ । यस ढुङ्गा कुवामा पानी कता आउँछ र निकास कता छ भन्ने कसैलाई पत्तो छैन । तर, बाह्रै महिना यो कुवाको पानी सफा र कंञ्चन नै देखिन्छ । यहाँका स्थानीयबासीहरुले यो देवलको निर्माण पाण्डवले गरेको किवदन्ती भएपनि इतिहासबिद् योगी नरहरी नाथले इतिसम्वत् १३३६ मा मनुमृतिको सम्झनामा दिने जुम्ली खस राजा मलय बर्माले गर्न लगाएको उल्लेख गरेका छन् ।

हुम्लाको नेप्का गाउँ
नेप्का गाउँ बहुम्ला जिल्लाको श्रीमण्टा गाबिसमा पर्दछ । घना बस्तीमा सानो चिटिक्क परेको यसको गाउँको बिषेशता भनेको दैनिक १२ घण्टामा तिन पटक सुर्य उदाउने र अस्ताउने गर्दछ । बिहान जमिनमा सुर्यको किरण पर्दासाथ यस गाउँमा घाम लाग्दछ । दिउसो फेरि सुर्य अस्ताउछ । बेलुका फेरि सुर्य उदाउँछ । फेरि पुनः सुर्य अस्ताउँछ । यसरी नै दैनिक तीन पटक सुर्य उदाउने र अस्ताउने नेक्पा गाउँ एक पटक सबैले हेर्ने पर्ने ठाउँ हो ।

गन्तव्य जुम्ला
जोकोहिले पनि एक पटक कर्णाली अञ्चलको जुम्ला जिल्ला नपुगि नहुने ठाउँका रुपमा लिईन्छ । यस जिल्लामा प्रर्यटकिय एबम हेर्न लायक धेरै ठाउँ र स्थान रहेका छन् । जस मध्ये सिंजा तातोपानी र जुम्लाका प्राचीन काष्ठकलाको अनुपम उदारणीय रहेका छन् । जुम्ला जिल्लाको तातोपानी गाबिसमा अवस्थित तातोपानी तिला कर्णालीको किनारमा बाह्र महिना तातोपानी बगिरहने धारा रहेका छन् ।

यस पानीमा एक घण्टासम्म चामल भिजाउँदा आफैँ भात पाक्ने गरेको छ । यस धारामा नुहाउँदा छाला र हाड सम्वन्धि बिभिन्न रोग निको हुने बिश्वास गरिन्छ । यातायातको सुबिधा पुगिसकेको जुम्ला जिल्लामा तातो पानीका प्रचार प्रचार हुनसके अझैँ धेरै मानिसको ओईरो लाग्ने थियो ।जुम्ला जिल्लामा हर्न लायक अर्को बिषय भनेको लिताकर्णाली नदी र सिंजा खोलामा बनेको काठेपुल हुन् ।

जुम्ला जिल्लामा एक पटक नपुगी नहुने ठाउँ जुम्ला सिंजामा हो । कर्णाली खस राज्यको राजधानी रहेको जुम्ला सिंजामा पुराना पुराना घर भेटिन्छन् । त्यतिवेला राजाका दरवारहरु तत्कालिन शाहवंशिय राजाहरुले भत्काएपनि त्यसका अवशेष अझैँ भेटिन्छन । अर्कोतर्फ खसभाषाको उत्पती भएको सिंजामा नेपाली भाषाको सामान्य जानकारी जोकोहीले पनि नपुगी नहुने ठाउँ पर्दछ ।

कर्णालीमा गएर फिर्ता हुदा हाईअल्टिच्युट बाट कर्णाली नदिका रेप्टिङ्ग गर्दैै नेपालगंज वा सुर्खेतमा झर्न सकिन्छ । कर्णालीका यी क्षेत्रको भ्रमण र प्रर्यटन विकासका निम्ति राज्यले सहज बातावरणका लागी त्यो क्षेत्रको हवाई यातायत, रार्जमार्गको स्तरउन्नती र नयाँ सडकका ट्रयाक खोल्ने काममा सरकारले बिषेश जोड दियो भने यस क्षेत्रमा रहेको बेरोजगारी समस्या भोकभरी लगायतका समस्या समधान हुने बिज्ञहरुले बताउँदै आएका छन् ।

मुगु छायाँनाथ मन्दिर
मुगु जिल्लाको डोल्पु र छिताई गाबिसको सिमाना रहेको छायाँनाथ मन्दीर कर्णाली क्षेत्रका लागि धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको छ । यसलाई कर्णाली क्षेत्रमा पुजिने ठाकुर ज्युको मूख्य देवताका रुपमा पुज्ने गरिन्छ । उच्च हिमाली भेगमा रहेको यस मन्दीरमा श्रावण पुर्णिमा दिन पुजा गर्ने गरिएको छ । यस मन्दीरको पुजा गर्न कालिकोट दैलेख जुम्ला, जाजरकोट, अछाम, बाजुरका मानिसहरुको घुइचो लाग्ने गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK