विश्वभरी छरिएर रहेका सुदुरपश्चिमेलीहरु एकजुट

ENGLISH

NRN GLOBAL

विश्वभरी छरिएर रहेका सुदुरपश्चिमेलीहरु एकजुट

9 January, 2017 | Sandeep Bhattarai | 905 Views | comments

विश्वभरीका सुदुरपश्चिमेलीहरु एकजुट हुँदै विश्वभरी छरिएर रहेका सुदुरपश्चिमेलीहरु एकजुट भएका छन् । प्रवासमा रहेर पनि सुदुरपश्चिमको बिकासका लागि केही गर्ने उद्देश्यले सुदुरपश्चिमेली यसरी एकजुट भएका हुन् ।

अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका नामबाट अाइतबार एक भेलाको (अनलाईन) आयोजना गरी भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समितिको गठन पनि गरिएको छ । संयोजक नेगीजापानको कोबे विश्वविद्यालयमा विद्यावारिधीरत छन् ।समाजको उपसँयोजकमा लोकेन्द्र बम र सदस्य सचिवमा अमृत शाही चयन भएका छन ।

त्यसैगरी जापानबाट आशिष् रावल र पूर्ण चलाउने ,कोरियाबाट कमल शाही युएईबाट लक्ष्मण अधिकारी, मलेसिया महेशराज भट्ट, बहराइन शेर ब रावत, पोर्चुगल धिर्ग मल्ल, कुवेत अमर खडका, अस्ट्रेलिया महेश भण्डारी, क्यानडा चक्र बलायर, कतार धन बहादुर बलायर, डेनमार्क कबिता बिस्ट, युएस रमेस भट्टराई, भारतबाट भरत थापा, इजरायलबाट सुमि शाही र गिता नेपाली सदस्यमा चयन भएका छन् ।

त्यसैगरी समाजमा युएईबाट चेतन थापा, कोरियाबाट धर्म राज जोशी, मलेसियाबाट प्रकाश देब भट्ट, अष्ट्रेलियाबाट केशब जोशी, क्यानाडाबाट जगदिस भट्ट, बहराईनबाट उमेश जोशी, मकाउ सोनु पन्थि, डेनमार्कबाट खेमजोशी चयन भएका छन् ।

पोर्चुगल सहित अन्य देशका अध्यक्षहरुलाई पछि थप्ने गरि २५ सदस्य आईतबार मनोनीत गरिएको र बाकी १० सदस्य देशबाट प्रतिनिधित्व रहने गरि पहिलो तदर्थ समितिको बैठकले मनोनीत गर्ने संयोजक भरत नेगिले जानकारी दिए ।

नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई आपसी मेलमिलाप, सदभाव, सहयोग, भाईचारा एबंम एकताको सुत्रमा बाँध्ने उद्देश्यले विस्तार गरिएको समाजले देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्नका साथ–साथै आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्य रहेको संयोजक नेगिले बताए ।

साथै समाजले सुदूरपश्चिमको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका माध्यमबाट समाजमा रहेका ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने हेतुले छाता संगठनका रुपमा विस्तार गरिएको पनि नेगीले बताए ।

सुदुर पश्चिम सेवा समाज कतारले सुदुर पश्चिमको मौलिक संस्कृति पस्कने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK