विश्वप्रसिद्ध सांगीतिक प्रतिस्पर्धामा नेपाली मुलका बस्ताकोटी

ENGLISH

NRN GLOBAL

विश्वप्रसिद्ध सांगीतिक प्रतिस्पर्धामा नेपाली मुलका बस्ताकोटी

8 November, 2017 | Kunjar Bhattarai | 2635 Views | comments

क्यानाडाको टोरन्टोमा हुने ‘ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसन’मा अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ वर्षिय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनोट भएका छन्।

नोभेम्बर ९ देखि ११ सम्म हुने प्रतिस्पर्धामा विश्वका बिभिन्न मुलुकका ६४ म्युजिक कम्पोजर छनोटमा भएका छन्।

संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका लगायत विश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरुसँगै नेपाली मुलका बस्ताकोटी छनोटमा परेका हुन्। उक्त प्रतियोगितामा छनोटमा परेका नेपाली मुलका उनी पहिलो ब्यक्ति हुन्।

साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको उक्त उक्त अवार्ड जित्न प्रतिस्पर्धिले बिभिन्न चरणहरुमा आफ्ना १५ वटा सांगितिक प्रस्तुति दिनुपर्नेछ। उक्त प्रतियोगिता सांगितिक क्षेत्रका प्रतिभा पहिचाहनको लागि कोसेढुंगा मानिन्छ।

आयोजकका अनुसार बिगतमा यस प्रतियोगिताबाट छनोट भएका प्रतिभाहरुले विश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेका छन्।बिगत दुई वर्षदेखि सांगितिक क्षेत्रमा लागेका उनले पाश्चात्य संगीतको क्षेत्रमा  खास गरी हिपहप र आर एण्ड बि म्युजिक० मा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएका छन्।

उनको संगीतमा अमेरिका, क्यानाडा, बेलायत लगायतका गायक गायिकाहरुले स्वर भरेका छन्। उनले सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा भएको बिट ब्याटलस्स प्रतियोगितामा पनि अवार्ड प्राप्त गरेका थिए।उनको सांगितिक यात्राका बारेमा विश्व प्रसिद्ध कम्प्लेक्स म्यागाजिन, हिपहप क्यानाडा, गुड जुस बक्स लगायत पत्रिकाहरुमा पनि बारम्बार प्रकाशित भएका छन्।

संचारकर्मी मैनालीलाई नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को उपाधि 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK