विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…(भिडियो सहित)

ENGLISH

SPORTS

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…(भिडियो सहित)

सन्दीप भट्टराई

20 June, 2018 | Sandeep Bhattarai | 3360 Views | comments

विश्वकप

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ । विश्वकप २०१८ २१ औं संस्करणको विश्वकप हो । यो समाचार तयार पार्दा सम्म आइपुग्दा ३२ राष्ट्रले समूह चरणको पहिलो खेल खेलिसेका छन् भने आयोजक राष्ट्र रसिया र इजिप्टले दोस्रो खेल खेलेका छन् ।

जारी विश्वकपमा विभिन्न अप्रत्यासित नतिजा सार्वजनिक हुने क्रम जारी रहेको छ । फुटबलका महारथी राष्ट्रहरुको प्रदर्शन यो विश्वकपमा उल्लेखनीय रहेको छैन । गत विहिबार आयोजक राष्ट्र रसिया र साउदी अरबबीचको उद्घाटन खेलबाट सुरु भएको विश्वकप २०१८ मा रसियाले साउदी माथि ५-० को नतिजा निकाल्यो र विश्वकप फुटबलको इतिहासमा पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्रहरु अपराजित हुने यात्रालाई निरन्तरता दियो । त्यस्तै हिजो अर्थात् मंगलबार आफ्नो दोस्रो खेलमा इजिप्टलाई हराउदै रसिया नक आउट चरणमा प्रवेश गर्ने पहिलो टोली बन्न पुगेको छ ।

अब लागौं ३२ राष्ट्रहरुको खेल प्रदर्शन तिर गत शुक्रबार तीन खेल भए जसमा पहिलो खेलमा  उरुग्वेले इजिप्टलाई १-० ले पराजित गरेको थियो । त्यस्तै अर्को खेलमा स्पेन र पोर्चुगलले ३-३ को बराबरी खेले ।उक्त खेलमा पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे जुन जार्री विश्वकपको पहिलो ह्याट्रिक थियो । यसैगरी अर्को खेल इरान र मोरक्कोबीच खेल भएको थियो जुन खेलमा दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोले इरानलाई आत्मघाती गोल गर्दै उपहार गोल दियो र इरान १-० ले विजयी भयो ।

त्यस्तै शनिबार चार खेल खेलिएको थियो जसमा पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो । यो खेल अरुको तुलनामा अलि अर्थपूर्ण रह्यो किन भने जारी विश्वकपबाट भिडियो एसिस्टेन्ट रेफ्री(भिएआर) प्रविधि समावेश गरिएको थियो र यहि खेलमै त्यो प्रविधि अपनाईयो । यसैगरी दोस्रो खेलमा डेनमार्कले पेरुलई पराजित गर्दा तेस्रो खेलमा नवप्रवेशी राष्ट्र आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको थियो जुन खेलमा लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेका थिए जसले गर्दा अर्जेन्टिनाले बराबरीमा चित्त बुझाउन वाध्य भयो । चौथो खेल भएको थियो क्रोएसिया र नाइजेरियाबीच जुन खेलमा क्रोएसिया २-० ले विजयी भएको थियो ।

विश्वकप फुटबल २०१८ मा आइतबार तीन खेल भए । पहिलो खेलमा सर्बियालले कोस्टारिकालाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा विश्व विजेता राष्ट्र जर्मनी मेक्सिकोसंग १-० ले स्तब्ध हुँदा तेस्रो खेलमा अर्को दाबेदार राष्ट्र ब्राजिल स्विजरल्यान्डसंग १-१ को बराबरीमा चित्त बुझाएको थियो।

यसैगरि सोमबार पनि तीन खेल भएका थिए जसमा पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया स्विडेनसंग १-० ले पराजित भएको थियो जुन खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रणालीमा स्विडेनले पेनाल्टी पाउदै गोल गरेको थियो भने दोस्रो खेलमा नवप्रवेशी टोली पानामालाई बेल्जियमले ३-० ले पराजित गर्दा इंगल्याण्डले ट्युनिसियालाई २-१ ले पराजित गर्यो ।

मंगलबार पनि विश्वकप २०१८ मा तीन खेल भएका थिए जसमा एसियाली राष्ट्र जापानले कोलाम्बियालई २-१ ले पराजित गरेको थियो । यस खेलमा जारी विश्वकपको रातो कार्ड देखाइएको थियो । डी बक्स भित्र जापानको प्रहार हातले रोकेपछि कोलम्बियाका कार्लोस सान्चेजले खेलको चौथो मिनेटमा रातो कार्ड पाउदै मैदान छोड्नु परेको थियो । त्यस्तै दोस्रो खेलमा सेनेगलले पोल्याण्डलाई २-१ ले पराजित गर्यो । जारी विश्वकपमा अफ्रिकन टोलीको यो पहिलो जित हो । विश्वकपमा खेलिरहेका चार अफ्रिकन देशमध्ये ट्युनिसिया, इजिप्ट र मोरक्कोले पहिलो खेलमा हार व्यहोरेका थिए । त्यस्तै मंगलबार तेस्रो खेलमा समूह चरणको दोस्रो खेल आयोजक राष्ट्र रसिया र इजिप्टबीच भएको थियो जुन खेलमा रसिया ३-१ ले विजयी भएको थियो ।

समूह चरणको पहिलो खेल सरसरी हेर्दा महारथी राष्ट्रहरुलाई अबका खेलमा दबावमा पर्ने प्रष्ट देखिएको छ । उनीहरुले आगामी खेल कस्तो रणनीतिमा खेल्नेछ त्यो त समयले देखाई हाल्नेछ ।

पहिलो खेल सकिंदा ३८ गोल भएका छन् जसमा ४ गोल आत्मघाती भएका छन् । जारी विश्वकपको पहिलो खेल सकिदा ६ टिमले बराबरी खेल्दा १३ राष्ट्र पराजित भएका छन् भने १३ राष्ट्रले जित निकालेका छन् । त्यस्तै जारी विश्वकपमा स्पेन र पोर्चुगलको खेलमा छ गोल भएको छ जुन जारी विश्वकपमा उच्च रहेको छ भने दोस्रोमा रसियाले साउदी विरुद्ध गरेको ५ गोल दोस्रो उच्च गोल रहेको छ । त्यस्तै जारी विश्वकपको पहिलो खेलसम्म कुनै टोलीले पनि गोल रहित बराबरी खेलेका छैनन् ।

भिडियो-

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK