विश्वकप २०१८ को मैत्रीपूर्ण खेलमा बेल्जियम विजयी भएको छ । सोमबार राति भएको खेलमा कोस्टा रिका बेल्जियमसंग ४-१ ले स्तब्ध हुन पुग्यो ।
बेल्जियमको ब्रसेल्समा भएको खेलमा अग्रता भने कोस्टा रिकाले लिएको थियो । कोस्टारिकाका ब्रायन रुइजले खेलको २४औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाए थिए ।
तर त्यो अग्रता धेरैबेर टिक्न सकेन । खेलको ३१ औं मिनेटमा घरेलु टोलीको लागि द्रिस मोर्तेन्सले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै खेलको ४२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफ २-१ मा सकिएको खेलमा दोस्रो हाफको ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लुकाकुले अग्रत ३-१मा पुर्याए । यसै गरि खेलको ६४ औं मिनेटमा लुकाकुको पासमा मिची बटसुवाइले गोल गर्दै बेल्जियमलाई ४-१ को सहज जित दिलाए ।
विश्वकपमा समूह जी मा रहेको बेल्जियमले पहिलो खेल १८ जुनमा पानामासँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा २३ जुनमा ट्युनिसिया र २८ जुनमा इङल्याण्डको सामना गर्नेछ । कोस्टारिका भने समूह ई मा छ। यो समूहमा ब्राजिल, स्वीटजरल्याण्ड र सर्विया रहेका छन्।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...