विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहला

ENGLISH

SPORTS

विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहला

सन्दीप भट्टराई

25 February, 2018 | Sandeep Bhattarai | 2125 Views | comments

sandeep bhattaraiनेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्वावे प्रस्थान गरेको छ ।

विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेर विश्वकप छनोटमा पुगेको नेपाली टोली फागुन २० गते सुरु हुने आइसीसी विश्व कप छनोटमा चुनौती प्रस्तुत गर्न यात्रामा निस्केको हो ।

१० राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको नेपाल समूह ‘बी’ मा रहेको छ । प्रतियोगिता आगामी मार्च ४ देखि २४ तारिखसम्म चल्ने छ । विश्वकप छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, अफगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ ।

डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग एक÷एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्सचरण खेल्नेछन् ।

सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् ।

 

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् ।

विश्व कप छनोटअघि नेपालले दुई अभ्यास खेल खेल्ने छ । यसअघी वेष्टइण्डिजसंग अभ्यास खेल खेल्ने भनेपछि उत्साहित बनेको नेपाली फ्यान भने निराश बनेका छन् । आइसीसीले नेपालको अभ्यास म्याच आगामी मंगलबार युएईसँग र फागुन १७ मा हङकङ खेलाउने निर्णय गरेको छ । तर क्रिकेटको नियम हेर्ने हो भने एकै समूहमा रहेको टोलीसंग अभ्यास म्याच खेल्नु खेल भावना विपरित हो ।

एक पछि अर्को सफलता चुम्दै गएको नेपाली क्रिकेटले नेपालको नाम विश्व सामू चिनाएको छ । विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहनेछ त्यो त अभ्यास खेलले देखाउछ । युएई र हङकङ नेपालसंग चिरपरिचित टोली हुन् । सुपर सिक्समा पुग्ने टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ । त्यस्तै सुपर सिक्स पुग्ने टोलीले इन्टर कन्टिनेन्टल कप र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्न पाउनेछन् । तर पछिल्लो समय लयमा देखिएको नेपाली टोलीले पनि माथिल्लो स्तरको क्रिकेट खेल्दै आइरहेको छ। डिभिजन दुई प्रतियोगिता खेलेर आइरहेको नेपाली टोली लयमै छ। तर एक सातामै नेपालले एक ठूलो प्रतियोगिता खेल्दैछ, जुन नेपालको अहिलेसम्म चाहेको अवसर र लक्ष्य पनि हो।

यसअघी नेपालले सन् २०१५ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगिता खेलेको थियो । तर उक्त प्रतियोगितामा नेपालका स्टार खेलाडी बिरामी र चोटग्रस्त भएपछि नेपाली टोलीको प्रदर्शन कम्जोर रहेको थियो । १० टोली सम्मिलित उक्त प्रतियोगितामा नेपाल नवौं स्थानमा रहदै डिभिजन टु मा घटुवा भएको थियो । अब नेपालको लागि यो राम्रो अवसरको रुपमा स्थापित भएको छ । उक्त प्रतियोगिताको कमजोर प्रदर्शनले गुमाएको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता प्राप्तका लागि पनि नेपालले यस पटक सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

तर नेपाल भन्दा अब्बल मानिएका रहेका टोलीलाई हराउनु नेपाललाई त्यति सहज भने हुनेछैन ।

प्रधानमन्त्री ओलीले केक खुवाएर विदाई गरे क्रिकेट खेलाडीलाई(भिडियो सहित)

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK