विवाह मेला डिसी महानगर क्षेत्रमा सम्पन्न

ENGLISH

NRN GLOBAL

विवाह मेला डिसी महानगर क्षेत्रमा सम्पन्न

विजय थापा,डिसी

19 November, 2018 | Sandeep Bhattarai | 1430 Views | comments

विवाह मेला डिसी महानगर क्षेत्रमा सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सफलतापूर्वक विवाह मेला सम्पन्न भएको छ । दोश्रो पटक आयोजना गरिएको बिहे मेला यस पटक अझ उत्साहजनक समापन भएको छ ।

आयोजकले यसलाई अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् ।आयोजकको तर्फ बाट बिपिन राज उप्रेतीले गत बर्ष हाम्रो लागि नयाँ कार्यक्रम थियो भन्दै यस पटक अझ मेहनत गरेको हुनाले सहभागिता राम्रो भएको बताए । उप्रेतीले अगाडी भने यो वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिएको हो । यस बर्ष थप आवश्यक सेवा पनि उपलब्ध गराइएकोले नेपाली समुदायहरु उत्साहित भएको उनले बताए ।

अर्का आयोजक मध्ये कै एक कृष्ण दाहालले यसलाई निरन्तरता दिने र डिसी क्षेत्रका सबै नेपाली समुदायमा पुगोस भन्ने चाहना रहेको बताए । यस पटक गत बर्ष भन्दा प्रदर्शन कक्षमा नेपाली तथा बिदेशी ब्यापारीहरुको समेतले सहभागिता जनाएका थिए । विशेष गरि चमेनागृह द्वारा बनाइएका खानाका प्रकार तथा अन्य प्रदर्शनमा राखिएका खाध्य सामग्रीहरु निशुल्क रुपमा हेर्न आएका दर्शकलाई वितरण गरिएको थियो ।

विवाह र साँस्कृतिक पर्वहरुका लागि आबश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रुपमा उपलब्ध गराइने भएकोले प्रदर्शनमा समेत राखिएको थियो ।

गत बर्ष झैँ यस बर्ष पनि दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खाना,आपूर्तिकर्ताहरु,सजावटकर्ताहरु,गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष, मेहन्दीवाला,लिमोजिन सवारी साधन (विशेष कार)का संचालक,नेपाली पण्डित ,केक पसलका व्यापारी ,बिहेका फूलहरु आपूर्तिकर्ता फोटो (तस्बिर )तथा भिडियोग्राफरहरुको पनि सहभागिता रहेको थियो ।

यस पटक उक्त मेला हेर्न आएका दर्शक तथा उपभोक्ताहरुले बिहे मेलाले नेपाली समुदायलाई सजिलो बनाई दिएको बताए । आफ्ना सन्तानको बिहेमा निकै कष्ट र दौड धूप गर्नु परेकोले अनुभव समेत सुनाएका थिए ।

साथै अधिकांशले यस्तो प्रकारको बिबाह मेला अमेरिकाका अन्य राज्यमा पनि हुनु पर्ने सुझाव दिएका थिए । आयोजकले एकै छत मुनि यसरी सबै कुराको चाजो मिलाई दिएकोमा आयोजकलाई धन्यबाद समेत दिएका छन् ।

साथै मेला सफल बनाउन अद्वितीय भूमिका निर्वाह गर्ने, सहयोग गर्ने तथा प्रदर्शन कक्ष (बुथ) राख्ने व्यापारीहरुलाई हौशला स्वरुप प्रमाण पत्र बितरण गरिएको थियो । प्रमाण पत्र वितरण आयोजकको तर्फबाट बिपिन राज उप्रेतीले गरेका थिए भने कार्यक्रम बीच पानसमा बत्ति बालि उद्घाटन समेत गरिएको थियो ।

विवाह मेला डिसी महानगर क्षेत्रमा सम्पन्न

ग्यालेक्सि इभेन्ट्स सोलुसनका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको सयुक्त आयोजनामा विवाह मेला आयोजना भएको हो । कार्यक्रम १२ देखि ४ बजे सम्म संचालन भएको थियो ।

अंशको लागि अमेरिकामा बाबु, छोरा र दाजुभाईमा महाभारत नहुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK