विराटनगरमा ‘एक चिहान’

ENGLISH

ENTERTAINMENT

विराटनगरमा ‘एक चिहान’

8 March, 2016 | Bipin Acharya | 610 Views | comments

ह्दय चन्द्रसिंह प्रधान लिखित चर्चित उपन्यास ‘एक चिहान’ नाटकका रूपमा विराटनगरको रंगमञ्चमा प्रस्तुत भइरहेको छ । रमेश बिजीले नाटकको रूप दिएको अनि वीरेन्द्र हमालद्वारा निर्देशन गरिएको पूर्णांकी नाटक यहाँको आरोहण गुरुकुलको नाटक घरमा प्रदर्शन भइरहेको छ ।

shiva

साम्प्रदायिक विद्वेष र एकअर्का प्रतिको घृणाभावको सेरोफेरोमा सामाजिक सद्भावको सन्देश दिने कथावस्तु भएको २०१२ सालतिर प्रकाशित उपन्यासको सन्देश अझै सान्दर्भिक हुने भएकाले नाटकका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

उच्चमाध्यमिक तहको कक्षा ११ र १२ को पाठ्यक्रममा समेत समावेश भएको यो कृतिलाई नाटकका रूपमा अवलोकन गरेर विद्यार्थी, कलाप्रेमी सबैले सन्देश लिन सक्ने प्रस्तोता सांस्कृतिक संस्थानले जनाएको छ । फागुन १८ देखि सुरु नाटक प्रदर्शन २६ गतेसम्म जारी रहने आरोहण अध्यक्ष भैरव क्षत्रीले बताए । बिहान, दिउँसो र साँझ गरी दैनिक तीन प्रदर्शन भइरहेको छ । नाटक हेर्न विद्यार्थी, शिक्षक, अभिभावकलगायत नाटकका पारखीहरूको घुइँचो लाग्ने गरेको छ ।

कलाकारहरू रमेश केसी (मटारे), अन्जु रञ्जितकार, गोरन चौधरी, लक्ष्मी पाण्डे, विपिन घिमिरे, रोहित सुवेदी, सुशीला थापा, आकाश थापा, राजेन्द्र गर्तौला, लोकेन्द्र लेखक, सबनम सिलवाल, भरत लाखे, भरत कार्की, राजेश ठाकुर, सुभाष विष्ट, अञ्जली गिरीले खेलेका छन् ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK