विराटनगरको बृद्धाश्रमका लागि अष्ट्रेलियामा२३ लाख संकलन

ENGLISH

NRN GLOBAL

विराटनगरको बृद्धाश्रमका लागि अष्ट्रेलियामा२३ लाख संकलन

नारायण खड्का, अष्ट्रेलिया

11 January, 2017 | Sandeep Bhattarai | 1445 Views | comments

गाला डिनर

विराटनगर नगरपालिका र अष्ट्रेलिया एनआरएनएले विराटनगरमा संयुक्त रुपमा निर्माण गरिरहेको पाथीभरा बृद्धाश्रमका लागि आइतबार पश्चिम अष्ट्रेलियामा करिब २३ लाख रुपैयाँ संकलन गरिएको छ ।

५० जना बृद्धबृद्धाहरुलाई बसोबास र जीवनयापनका लागि सुविधा पुर्‍याउने योजना अनुरुप २ बर्षअघि निर्माण सुरु भएको उक्त श्रद्धाश्रमका लागि सहयोग जुटाउने उद्देश्यले एनआरएनए अष्ट्रेलियाले बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सोही अभियान अन्तरगत आइतबार पश्चिम अष्ट्रेलियाको पर्थमा आयोजना गरिएको एक कार्यक्रममा उक्त रकम संकलन गरिएको हो । गाला डिनर सहित सहयोग संकलन गर्न आयोजना गरिएको उक्त कार्यक्रममा पर्थमा रहेका प्राय सबै नेपाली संघसंस्थाका प्रतिनिधीहरुले सहभागिता जनाएको आयोजना एनआरएन पश्चिम अष्ट्रेलियाका अध्यक्ष राज थपलियाले जानकारी दिए ।

विराटनगर उपमहानगरपालिकाको वडा नम्बर ११ मा निर्माण भइरहेको उक्त बृद्धाश्रमको निर्माण कार्य दु्रत गतिमा भइरहेको एनआरएन अष्ट्रेलियाले जानकारी दिएको छ । विराटनगर उपमहानगरपालिकाले प्रदान गरेको १ बिघा १० कट्ठा जमिनमा निर्माणाधिन उक्त बृद्धाश्रमको पहिल्लो तल्ला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । एनआरएनए अष्ट्रेलियाले निर्माणका लागि २ करोड ६६ लाख रुपैयाँ प्रदान गर्ने सहमति अनुरुप स्थानीयस्तरमा रकम संकलनको कार्य गरिएको बृद्धाश्रमका सह संयोजक दीपक पराजुलीले जानकारी दिए ।

अष्ट्रेलियामा बिभिन्न तीन शहरमा नेपाल महोत्सव हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK