विमानस्थलमा बम विस्फोट गराउनेलाई आठ वर्षको जेल सजाय

ENGLISH

WORLD

विमानस्थलमा बम विस्फोट गराउनेलाई आठ वर्षको जेल सजाय

18 February, 2017 | arjun baral | 480 Views | comments

prisoner-jail

गत वर्ष साङ्घाई अन्तरराष्ट्रिय विमानस्थलमा एउटा गृहनिर्मित बम विस्फोट गराउने एक जना चिनियाँलाई स्थानीय एक अदालतले आठ बर्षको जेल सजाय सुनाएको छ । 

झाओ सिङ्गबाई नामक २९ वर्षीय ती अपराधिले गत वर्षको जुन १२ मा बियरको सिसिभित्र पटाका लगायत अन्य बिस्फोटक पदार्थ भरेर गृहनिर्मित एउटा बम साङ्घाइको पुदोङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा विस्फोट गराउँदा तीन व्यक्ति घाइते भएका थिए ।

झाओ त्यस बखत ब्यक्तिगत तथा यौन रोगको तनावले विक्षिप्त अवस्थामा रहेको समेत सो अदालतद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।विमानस्थल भित्र वरीपरी जम्मा भएका भीडको माझमा झाओले तीनवटा बम हुर्र्याएको र पक्राउ परिएला भन्ने त्रासले भाग्दाभाग्दै छुराले आफ्नै घाँटी रोपी आत्महत्या गर्ने प्रयास गरेको थियो ।

हु¥र्याएको तीनवटामध्ये दुइवटा तत्कालै विस्फोट भइ तीन जना सख्त र अन्य दर्जनौँ ब्यक्ति घाइते हुनुका साथै थुप्रै हवाई उडान बिलम्ब एवम् कतिपय रद्दसमेत भएका अदालतको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०१३ मा, चीनकै बेइजिङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्वीलचेयरमा बसेको एकजना मानिसले यसै गरी गृहनिर्मित बम बिस्फोट गराउँदा छ वर्षको कारावासको सजायँ पाएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK