विप्लव माओवादीले जलाए मजदुरको सपना

ENGLISH

विप्लव माओवादीले जलाए मजदुरको सपना

26 July, 2016 | Bhawana Pathak | 755 Views | comments

आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए ।

taxi

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए । झिसमिसे बिहानबाट मात्र बन्द लागू होला भनेर उनी कोटेश्वरमा यात्रु कुरेर बसेका थिए ।

‘बन्दकर्ताले गोंगबुमा ट्याक्सी जलायो रे कोठामा फर्किहाल,’ बिहान साढे ३ बजेतिर काकाको फोन आयो । लगत्तै बानेश्वरको कोठा आउन उनले ट्याक्सी स्टार्ट गरे । मीनभवन उकालोमा आइपुगेलगत्तै दुई जनाले ट्याक्सी रोकेर एकजना अगाडिको सिटमा बसिहाले । अर्को पछाडि उभिएका थिए । अगाडि बसेकाले एयरपोर्ट जाउँ भन्दा खत्रीले मानेनन् । एकैछिनमा ट्याक्सीको पछाडि आगो सल्कियो ।

एक महिनाअगाडि मात्रै ९ लाख खर्चिएर लिएको ट्याक्सी हवारहवार्ती बल्न थालेपछि उनी आगो निभाउनतिर लागे । त्यही मौका छोपेर दुवै जना भागे । दैनिक ३ हजारसम्म आम्दानी दिने ट्याक्सी हेर्दाहेर्दै स्वाहा भयो । ऋण जस्ताको तस्तै छ ।

‘अगाडि बसेको व्यक्तिले २ सय ५० दिन्छु जाउँ भन्दै थिए,’ मलिन स्वरमा खत्रीले सोमबार बिहानको घटना सुनाए,‘जान्न भन्दाभन्दै पछाडि उभिएको व्यक्तिले सलाई कोरेर ट्याक्सीमा फालेर भाग्यो ।’

केही छिनपछि आएको दमकलले ट्याक्सीमा लागेको आगो त निभायो । तर त्यतिन्जेलसम्म ट्याक्सीका केही भागमात्रै बाँकी थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK